देशैभर लकडाउनको तेस्रो हप्ता चलिरहँदा कालोपत्रे गरेर छाडिएका काठमाडौंका सडकमा धमाधम रङरोगन र मार्किङ भइरहेको छ । सडक विभाग काठमाडौं डिभिजन प्रमुख कुबेर नेपालीका अनुसार काठमाडौंका विभिन्न सडकमा दैनिक ५० कामदारले सडक मार्किङ गरिरहेका छन् ।
ज्ञानेश्वर, कालोपुल, सिंहदरबार, थापाथली, रत्नपार्क, तीनकुने एयरपोर्ट, बबरमहल, हनुमानस्थान, सामाखुसी, टोखालगायतका ठाउँ मार्किङ भइरहेको छ भने पुतलीसडक, थापाथली भद्रकाली, रत्नपार्क धुम्बाराही, हाँडीगाउँ, महाराजगन्जलगायतका ठाउँमा मार्किङ सम्पन्न भइसकेको छ ।
सडक विभागका अनुसार चालू आर्थिक वर्षमा काठमाडौंमा ३० किलोमिटर ओभर ले (कालोपत्रे) गर्ने कार्यक्रम छ । १५ किलोमिटर लकडाउनअघि नै सम्पन्न भइसकेको छ । बाँँकी ठाउँमा लकडाउन सकिएलगत्तै थाल्ने सडक विभागको योजना छ ।


