Naya Media
शुक्रबार, असार ६, २०८२
| | June 20, 2025
शुक्रबार, असार ६, २०८२
Advertisement

ट्रोल गर्नेहरुलाई नुसरतको तिखो जवाफ

User Photo
शुक्रबार, फाल्गुन २, २०७६
काठमाण्डाै ।

बलिउड नायिका नुसरत भरुचालाई उनको पहिरनका लागि असाध्यै ट्रोल गरिएको थियो । अब यसमा उनले तिखो जवाफ फर्काएकी छिन् ।

नुसरतले भनिन्, ‘हाम्रो देशमा सबैजनाले आफ्नो धारणा व्यक्त गर्न सक्छन् । जसरी सबैले आफ्नो सुझाव दिनसक्छन् त्यसरी नै मलाई आफ्नो मन परेको कपडा लगाउने अधिकार छ । ’


advertisement

नुसरतले थपिन्, ‘जब मैले त्यो पहिरन लगाएँ तब म निकै आत्मविश्वासी थिएँ त्यसकारण मैले त्यो पहिरनलाई कन्फिडेन्सका साथ क्यारी गर्न सकेँ ।’

नुसरतले भनिन्, ‘यदि ड्रेस राम्रोसँग फिट नभएको भए वा उत्कृष्ट नभएको भए म त्यो लगाउँदै लगाउँदैनथेँ । मेरा साथीहरुले पनि उक्त पहिरनको निकै तारिफ गरेका थिए ।’‘यहाँसम्म कि इन्डष्ट्रिकै मानिसहरुले मलाई आफूहरुले पनि त्यस्तो पहिरन लगाउन चाहेको तर कहिले पनि लगाउन नसकेको बताए । मैले उक्त ड्रेस लगाउन सकेँ, जुन राम्रो कुरा हो,’ उनले भनिन् ।

साथै उनले भनिन्, ‘मलाई यो ड्रेसमा आएको कुनै नकारात्मक कमेन्टले न त कुनै फरक पर्छ न नै यसले चिन्तित नै बनाएको छ । ’

स्मरण रहोस्, नुसरतलाई आयुष्मान खुराना स्टारर ‘ड्रिम गर्ल’ मा मुख्य नायिकाको रुपमा देखिएको थियो ।

नुसरतले सन् २००६ मा ‘जय सन्तोषी माँ’ फिल्ममार्फत् अभिनयमा पाइला टेकेकी थिइन् । उनको दोस्रो फिल्म ‘कल किसने देखा (२००९) बक्स अफिसमा फ्लप साबित भयो । सन् २०११ मा रिलिज भएको ‘प्यार का पंचनामा’ ले उनलाई पहिलो पटक व्यावसायिक सफलता दिलाएको थियो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.