प्रेम र रोमान्स

बलिउडकर्मीका गाेप्य तथा चाखपुर्ण प्रेम र रोमान्स

बलिउडकर्मीको जीवन यसैपनि चमक–दमकपूर्ण हुन्छ । उनीहरुको प्रेम–रोमान्सको कुरा चाखलाग्दो नहुने कुरै भएन । अधिकांश बलिउडकर्मीको प्रेम–रोमान्सले बि-टाउनमा कम्पन ल्याएकै हो ।

जस्तो अहिले आलिया भट्ट र रणवीर कपूर । रणवीर फिल्मको कारण जति चर्चामा आउने गर्छन्, प्रेम जीवनको कारण पनि उत्तिनै । कहिले क्याटरिना कैफसँग समुन्द्री किनारमा मस्ती गरेको त कहिले दीपिका पादुकोणसँगको सम्बन्धलाई उनले गोप्य राख्न सकेनन् । त्यसो त उनी प्रेमका सम्बन्धका कुशल खेलाडी नै हुन् ।

बलिउडमा ‘खिलाडी ब्वाई’ भनेर चाहि अक्षयकुमारलाई चिनिन्छ । यसको दुई कारण छन् । एक त उनले ‘खिलाडी’ शीर्षक–शृंखलाको फिल्ममा खेले । अर्को, उनी प्रेममा खेलाडी नै हुन् । एकसाथ तीन जना गर्लफ्रेन्डलाई सम्हाल्ने उनी प्रेमकै कारण चर्चा र विवादमा आए, थुप्रै पटक ।

९० को दशककी चर्चित अभिनेत्री रवीना टन्डनसँग उनको अफेयरले बलिउडलाई रापिलो बनाइरह्यो । उनीहरु ‘मोहरा’ फिल्मबाट नजिकिएका थिए । रविनाले वास्तवमै अक्षयलाई चाहेकी थिइन् । तर, अक्षयको नियत निको थिएन । किनभने त्यसबेला अक्षय रेखासँग पनि समानन्तर सम्बन्ध बढाइरहेका थिए । रविनाले आफ्नो सम्बन्धलाई त्यही पूर्ण बिराम लगाइन् ।

यता अक्षयले रिक्त ठाउँ भरे, सिल्पा सेट्टीसँग सम्वन्ध जोडेर । सिल्पासँग अफेयर रहेकै बखत अक्षय ट्वींकल खन्नासँग पनि नजिकिएका थिए ।

अभिनेता हृतिक रोशनको अहिले घरबार बिग्रिएको छ । र, यसको निहुँ पनि हृतिकको विवाहेत्तर सम्बन्ध नै हो । उनको प्रेम अफेयरले बेलाबखत उनलाई नै समस्यामा पार्ने गरेको यो पहिलो घटना भने होइन ।

हृतिकले ‘कहो ना प्यार है’बाट बलिउड डेब्यु गरेका हुन् । यस फिल्ममा अमिषा पटेलभन्दा अघि करीना कपुरको नाम सिफारिस गरिएको थियो । यद्यपी फिल्मको सेटमा ऋतिक र करिना नजिकिए । त्यही कारण आमा बबिताले करिनालाई यो फिल्मबाट छुटाइन् ।

आमिर खान अहिले दोस्रो पत्नी किरण रावसँग दाम्पत्य सुख–भोग गरिरहेका छन् । यद्यपि पहिलो श्रीमतीलाई र छोराछोरीलाई पनि उनले सम्हालेकै छन् । यसरी सबैलाई रिझाउने गुण नहुँदो हो त आमिरको घरबार अहिलेसम्म यति सुमधुर नहुन सक्थ्यो ।

आमिर जेसिका हाइन्स नामकी विदेशी पत्रकारसँग अफेयरमा थिए । उनीहरुको भेट फिल्म ‘गुलाम’ (१९९८)को सेटमा भएको थियो । दुबैको अफेयर सुरु भयो र उनीहरु लिभ इन रिलेसनशिपमा बसे ।

अन्ततः जेसिका गर्भवती भइन् । आमिरले जेसिकालाई गर्भपतनका लागि दबाव दिन थाले । यद्यपी जेसिकाले गर्भपतन गर्न अस्विकार गरिन् । उनी आमिरलाई छाडेर लन्डन गइन् । त्यही सिंगल मदर बनेर बच्चा जन्माइन् । त्यसको नाम जान राखियो । आमिरले उक्त बच्चाको बारेमा खुलेर केहि टिप्पणी गरेका छैनन् ।

अब अघिल्लो पुस्ताका बलिउडकर्मीको कुरा गरौं ।

डिस्को डान्सर किंग मिथुन र श्रीदेवीबीच पनि अफेयर थियो । यद्यपी त्यसबेला मिथुनले बिवाह गरिसकेका थिए । उनकी पत्नी योगिता बली थिइन् । के पनि भनिन्छ भने, श्रीदेवीसँग मिथुनले गुपचुप बिवाह पनि गरेका थिए ।

तर, यो खबर थाहा पाएर योगिताले आत्माहत्याको प्रयास गरिन् । त्यसपछि मिथुन श्रीदेवीलाई छाडेर पत्नी योगितासँगै बस्न थाले । त्यसको केहि समयपछि श्रीदेवीलाई बोनी कपुरले बिवाह गरेर सबैलाई अचम्मित तुल्याइदिए ।

रेखा र अमिताभको जोडीलाई अनस्क्रिन मात्र होइन, वाहिर पनि एकसाथ देख्न चाहन्थे, प्रशंसकहरु । दुबैले एकसाथ केहि फिल्ममा अभिनय गरे । यद्यपी अमिताभले उनीहरुबीचको सम्बन्धलाई कहिल्यै स्विकार गरेनन् । केहि समयपछि उनले जयासँग बिवाह गरे । त्यसपछि अमिताभ र रेखाको जोडी न रिल लाइफमा देखियो, न रियल लाइफमा ।

बलिउडमा जुन समय रीना रोयको करियर उत्कर्षमा थियो, त्यही समय उनको अफेयर सत्रुध्न सिन्हासँग भइरहेको थियो । केहि कामको सिलसिलामा जब रीना लन्डन गइन्, त्यहीबेला शत्रुध्नले पूर्व मिस योङ इन्डिया पुनम चन्डीरामणिसँग बिवाह गरेर सबैलाई छक्क पारिदिए । यसको सुईको पाउनसाथ रीना लन्डनबाट फर्किइन् र सत्रुध्नसँग यसको कारण सोधिन् । बिवाहपछि सत्रुध्न र रीनाबीच सम्बन्ध कायम रह्यो । तर, उनीहरुको सम्बन्धको दुखद अन्त्य किन भयो, त्यसको जबाफ कसैसँग छैन । एक अन्र्तबार्तामा सत्रुध्नले आफुहरुको सम्बन्ध ७ बर्षसम्म चलेको बताएका थिए । रोचक त के भने, उनीहरुको यो रिलेसनको बारेमा सत्रुध्नकी पत्नी पुनमलाई समेत सबैकुरा थाहा भएको बताइन्छ ।

फिल्म ‘मुगल ए आजम’को सेटमा सलीम बनेका दिलीप कुमार र अनारकली बनेकी मधुबालाबीच अफेयर सुरु भएको थियो । यसको प्रमाण त्यसबेला मिल्यो, जतिबेला फिल्म इन्सानियतको प्रीमियरमा दिलीप र मधुबाला हातमा हात समातेर उपस्थित भए । तर, मधुबालाको पिताले यो सम्बन्धलाई रुचाएनन् ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

नयाँ मिडिया

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View all articles by
शनि, चैत्र १५, २०७६ (March 28, 2020, 10:03 am) मा द्वारा गशिप अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै