Naya Media
मङ्लबार, जेष्ठ ५, २०८३
| | May 19, 2026
मङ्लबार, जेष्ठ ५, २०८३

झापाकाे बर्ने चिया बगान विवाद- के भन्छन स्थानिय ?

User Photo शुक्रबार, बैशाख १२, २०७७
झापा ।

देश लकडाउनमा गएको महिना दिन पुग्नै लाग्यो। पहिलो चरणको राहत वितरण पनि सम्पन्न भईसकेको छ। नेपाल चिया बिकास निगम अन्तर्गतको बर्ने चिया बगान यतिबेला चर्चामा छ। देश लकडाउनमा भएपनि कृषिजन्य सामाग्री,खाद्यान्न,औषधोपचार लगायतका अत्यावश्यक क्षेत्रहरु खुल्ला राख्ने सरकारको निर्णयसगै बगानमा सबैखाले चहलपहल शुरु भएको छ।

एक साता अघि प्रदेशको भुमी व्यवस्था तथा सहकारी मन्त्रालयले बगान खोल्न दिनु भन्दै स्थानीय निकाय र बगान मालिकहरुलाई परिपत्र गर्यो। पत्रमा बगानमा कामगर्ने श्रमिकहरुको स्वास्थ्यमा असर नपर्ने गरी स्थानीय निकायसँग समन्वय गर्दै काम सुचारु गर्नु भन्ने ब्यहोरा उल्लेख थियो।

तर साङ्हाई ग्रुपले मनोमानि ढङ्गबाट बिना समन्वय काम गरेको भन्दै काम शुरु भएको केहि समयमै काम ठप्प भयो। बुद्धशान्ती गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,प्रशासकीय अधिकृत लगायत स्थानीयको भेलाले श्रमिकहरुलाई आवश्यक परे गाउँपालिकाले नै राहत उपलब्ध गराउने तर यस्तो जोखिमपूर्ण अवस्थामा काम लगाउन नहुने निष्कर्षमा पुगे।

एक साता लगत्तै साङ्हाई ग्रुपले आवश्यक मापदण्ड पूरा गरि गाउँपालिकासँग समन्वय गर्दै श्रमिकहरुलाई काममा फर्काएको बतायो।अब पनि काम गर्न नपाए,यो बर्ष बगानको उत्पादन ठप्प हुने बगानले बताउदै आएको छ।

बगान आसपास बस्नेहरु २ खेमामा बिभाजित छन्। एकथरी, बगानमा कामगर्दा जोखिम बढ्ने भएकाले काम रोक्नुपर्ने तर्क राख्छन् भने अर्काथरी बगान सुचारु गर्नुपर्छ भन्छन्।

यसैबीच हामिले सोही क्षेत्रमा बस्ने एकजना शिक्षकलाई यस्तो अवस्थामा के गर्न सकिन्छ भनेर प्रश्न गरेका छौं।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.