
भारतले आसम, उत्तरी भारत र पश्चिम बंगाल प्रवेश गर्ने अनुमति दिए पछि आज पूर्वी नाका काकडभिट्टा बाट १००० को संख्यामा भारतीय नागरिकहरू पश्चिम बंगलको पानीटंकी नाकाबाट भारत प्रवेश गरेका छन्।
पानीटंकी नाका बाट प्रवेश गर्नेमा अधिकांश नेपालका विभिन्न कारखानाहरुमा काम गर्ने मजदूर रहेका छन्।
आज नेपाल बाट बाहिरिनेहरु मोरंङ्ग, सुनसरी, सप्तरी र दमौली बाट भारत फर्किएका हुन ।
उनीहरूका लागी भारतका स्थानिय निकायले नै गाडीकाे व्यवस्था गरिदिएका थिए । उनीहरू लिन १५ ओटा बस भारत बाटै आएका थिए ।
लकडाउनले भारत फर्किन नपाएर अलपत्र परेकाहरुका लागी खानाकाे व्यवस्था काकरभिट्टा समाज र रोटरक्त क्लव अफ काकरभिट्टाले गर्दै आएको छ। दैनिक ५०० भन्दा बढीको भोजनकाे व्यवस्था क्लवले गरिरहेकाे क्लवका प्रतिनिधीले जानकारी दिएकाछन ।
नेपाल छाेड्ने भारतियकाे भिड बढे संगै दुबै देशका सम्बन्धित निकायकाे व्यवस्थापन भने फितलाे र जाेखिमपुर्ण देखिएकाे स्थानियले बताएकाछन ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द