Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

संकटमा पनि सेवा गर्नु निजि अस्पतालको दायित्व- लिला बिष्ट (संचालक लालरत्न अस्पताल)

User Photo शनिबार, चैत्र १५, २०७६
लम्की, कैलाली ।

देशभरिका निजि अस्पतालले बिरामी जाच गर्न मान्दैनन भन्ने आरोप लागि रहेका बेला कैलालीको लम्किमा रहेको लाल रत्न अस्पतालले बिरामीहरुको चेकजाच गरिरहेको छ ।

कोरोना भाईरसको डरलाइ थाती राख्दै अस्पतालले बिरामी जाचि रहेको छ । केही कर्मचारीहरु कोरोनाको डरले घरमै बसेपनी लालरत्न अस्पतालका संचालक आफै खटेर उपचार गरि राख्नु भएको छ ।

अस्पतालका संचालक लिला राज बिष्टले अस्पतालमा कार्यरत केही कर्मचारी कोरोनाको डरले अस्पताल नआए पनि आइरहेका कर्मचारीको साथमा आफै बिरामी जाचेर बसिरहेको जानकारी दिनु भयो ।

राष्ट्रिय संकटको घडिमा जनताहरुको सेवा गर्नु निजि अस्पतालको दायित्व भएको उहाले बताउनु भयो । अहिले अस्पतालमा २४ सै घन्टा सेवा उपलब्ध रहेको छ ।

अस्पतालमा हाल फिवर क्लीनिक संचालनमा रहेको छ । अस्पतालमा कार्यरत एम .बि.बि.एस डाक्टरहरु पनि २४ सै घन्टा अस्पताल मा रहनु भएको छ ।

२५ बर्ष देखि सेवा दिदै आएको लालरत्न अस्पताल लम्की साथै उक्त अस्पतालमा कार्यरत डाक्टरहरुले पनि २४ सै घन्टा सेवा दिइरहेका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.