Naya Media
बुधबार, पुस ९, २०८२
| | December 23, 2025
बुधबार, पुस ९, २०८२

गाँउमा बाढी पस्दा नाला सम्म खाेल्न नदिने लम्किचुहा जनप्रतिनिधी (भिडियाे)

नगरपालिकाले पैसा नदिए आफै उठाएर दिने भन्दै काम गरिदिन स्थानियले अनुराेध गरे पनि काम राेकियाे

User Photo
बुधबार, साउन १४, २०७७
कैलाली ।

हिजाेदेखी अविरल बर्षाका कारण कैलालीका विभिन्न क्षेत्र डुवानमा परेका छन । बाढीले कति घरबार विहिन भएकाछन भने कतिले खाना समेत पाएका छैनन । यस्ताे बेलामा उद्दार र राहातमा खटिनु पर्ने जनप्रतिनिधी नै जनताका घर डुवानमा पार्न अग्रसर हुदा कस्ताे हाेला ? यस्तै भएकाे छ कैलालीकाे लम्किचुहा नगरपालिकामा ।

लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधी नै जनताकाे घर डुवानमा पार्न लागिपरेकाे देखिएकाे छ । आफ्नाे निजी स्वार्थका लागी जनताका घर डुवाउन बाढीकाे निकास कार्य हुदै गर्दा वडा अध्यक्षले नै काम राेक्न दवाद दिएकाे खुलासा भएकाे हाे ।

लम्कीचुहा-४ बलियामा बन्द भएका नाला खुलाउदै गर्दा वडाअध्यक्ष लाल बहादुर बाेगटी लगायतले  काम राेक्न बाध्य पारेकाछन । जेसिवीले नाला मर्मत गर्दै गर्दा ड्राइभरलाई काम राेक्न दवाव दिएर नाला खाेल्न राेकिएकाे स्थानियले बताएकाछन ।

वाढीले घरखेत डुवाएपछी स्थानियले जनप्रतिनिधी समक्ष गुहार मागेका थिए । सुरूमा नाला मर्मत गर्न सहमत देखिएका वडाअध्यक्ष बलिया बजारमा बन्द भएकाे नाला खाेल्दै गर्दा बन्द गर्न निर्देशन दिएकाे र आफु काम गर्न नसक्ने बताउदै ड्राइभरले जेसिवी बन्द गरेका थिए । काम राेकिएपछी पानी गाँउबाट खाेल्दै ल्याएर आफ्ना घर डुवाउन विचमै छाडेकाे भन्दै स्थानियले जेसिवी चालकलाई काम सकाएर मात्र जान अनुराेध गरेका थिए तर चालकले आफुलाइ दवाव आएकाे भन्दै काम गर्न नसक्ने बताए ।

स्थानियले नगरपालिकाले काम गरेकाे पैसा नदिए आफै उठाएर दिने भनेर काम गरिदिन अनुराेध समेत गरेपनि जनप्रतिनिधीबाट त्रसित देखिएका चालकले काग नगर्ने बताए । गाँउकाे बिच सम्म बाढी पुर्याएर छाेडी दिदा बलिया आसपासका जनता अहिले त्रासमा छन ।

वडाध्यक्ष बाेगटीलाइ समेत काम राेकिएकाे क्षेत्रमा आइ काम सुचारू गरिदिन स्थानियले अनुराेध गरे पनि उनले व्यस्त भएकाे बताउदै आउन नसक्ने बताए तर काम नगर्न दबाद दिइरहे र काम राेकियाे।

नाला मर्मत गरी पानी निकाश हुन करिब ५० मिटर बाँकी हुदा बलिया चाेकबाट पानी दक्षिण तर्फ नखाेल्न दबाब दिएका वडाध्यक्षलाइ हामीले सम्पर्क गर्दा भाेली काम हुने तर आज हुन नसक्ने बताए । यस सम्बन्धमा बुझ्न मेयरलाई फाेन गरे पनि कल रिसिभ भएन ।

तर स्थानियले भने बलिया चाेक बाट दक्षिण तर्फ असर पर्ने भन्दै खाेल्न नदिएकाे आराेप लगाएकाछन ।

हेर्नुहाेस भिडियाे


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.