Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

सम्बन्धित निकायले चाँसाे नदिएपछी सडकका खाल्डा पुर्दै लम्किका युवा

User Photo शुक्रबार, भदौ १२, २०७७
लम्कि, कैलाली ।

महेन्द्र राजमार्गकाे कैलाली भित्र पर्ने सडकखण्डमा सवारी गुडाउनै मुस्किल हुनेगरी खाल्डाखुल्डी भए पनि सरकारी निकायले चासाे नदेखाएपछी स्थानिय युवाहरू आफै खाल्डा पुर्न लागिपरेका छन । चिसापानी- अत्तरिया सडकखण्डमा भएका सयाैं खाल्डाहरूका कारण दुर्घटनाकाे जाेखिम समेत बढेकाे भन्दै जनताले गुनासाे गर्दै आए पनि सरकारले ध्यान नदिए पछी लम्किका स्थानिय युवाहरू नै खाल्डा पुर्ने काममा अग्रसर भएका हुन ।

पुर्व-पश्चिम राजमार्गकाे कैलालीको लम्की क्षेत्रमा रहेका खाल्डा खुल्डी लम्किका युवाहरुले नै पुर्न सुरू गरेकाछन। सडकमा भएका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढिरहेको र सवारी गुडाउनै मुस्किल भएकाले आफुहरुले खाल्डा पुरेको हाम्रो लम्की कैलाली क्लबका अध्यक्ष सन्तोष बुढाले बताए।

पुर्व लम्की देखि लम्की चौराहसम्मका सम्पुर्ण खाल्डा पुर्ने काम सकिएकाे समेत बुढाले जानकारी दिए । बाँकी लम्की क्षेत्र भित्रका खाल्डाहरू क्रमशः ग्राभेल हाल्दै जाने अर्का युवा राज शाहिले बताए ।

सडकका खाल्डा पुर्ने काम सडक डिभिजनको भए पनि लक डाउनको कारण र मजदुर अभाव भन्दै पन्छिदै आएको छ । यता स्थानिय सरकार हाइवे क्षेत्रका खाल्डा पुर्ने काम आफ्नो नभएको बताउदै आएको छ । सरकार र सम्बन्धित पक्षलाई झक्झकाउन आफुहरुले खाल्डा पुरेको युवाहरु बताउछ्न ।

चैत ११ गतेदेखि जारी लकडाउन खुकुलो भएसंगै राजमार्गमा सवारी साधन गुड्ने क्रम पनि बढेको छ। तर ठाउँ–ठाउँमा परेका खाल्डाखुल्डीले आवातजावात गर्न मुस्किल हुने गरेको छ।

कैलालीको अत्तरिया चौकीडाँडादेखि कर्णाली चिसापानी सम्मको ८० किलोमिटर सडक मर्मतको काम रोकिएको छ । लकडाउनका कारण देखाउदै राजमार्ग मर्मतको काम सुरु नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन कुमार बमले बताउनु भयो ।

सडकमा परेका खाल्डाखुल्डीको मर्मत नहुदा दुर्घटनाको जोखिम बढेपनि काम सुरु गर्न ढिलाई भईरहेको छ। तीन वर्षका लागि सडक मर्मत गर्ने जिम्मेवारी पाएको कालिका जोशी जेभीले एक एक वर्ष मात्रै काम गरेको छ।

याे पनि


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.