Naya Media
बुधबार, बैशाख ९, २०८३
| | April 22, 2026
बुधबार, बैशाख ९, २०८३

लम्की चुहामा डेगुं रोगका बिरामी बढे,साउन देखि हाल सम्म ४७ जनामा संक्रमण,निजि स्वास्थ संस्थाको छैन तथ्यांक

User Photo बिहिबार, भदौ ९, २०७९
लम्की कैलाली ।

डेगुं रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा नष्ट सम्बन्धी अभिमुखीकरण गोष्ठी बिहीबार लम्की चुहा नगरपालिकामा सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा भल्का कैलालीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
पछिल्लो समयमा डेगुंका बिरामीहरू देखा पर्न थालेपछि सचेतना मुलक कार्यक्रम सुरु गरिएका छन् । लम्कीचुहा अस्पतालमा आज बिहीबारसम्मको रिपोर्ट अनुसार लम्कीचुहा नगरपालिकामा करिब ४७ जना डेगुंका बिरामी देखा परेका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारीले जानकारी दिनु भएको छ । निजी अस्पतालको विवरण भने अपडेड गरिएको छैन् ।
लम्कीचुहा नगरपालिका वडा नं ३ मा डेगुंका बिरामी बढी देखा परिरहेका छन् । डेगुंका बिरामी देखा पर्न थालेपछि गाउँ गाउँमा लार्भा नष्ट अभियान सञ्चालन तथा वडामा समेत सञ्चालन भइरहेका छन् । वडा स्तरमा यस रोगको जांच गर्ने व्यवस्था समेत गरिएको जनस्वास्थ्य निरीक्षक भण्डारीले बताउनुभयो । कार्यक्रममा लम्कीचुहाका स्वास्थ्य शाखाका प्रमुख जयन्ती बिसीले अघिल्लो वर्ष पनि डेगुंका बिरामी फेला परेका र यो वर्षपनि डेगुंका बिरामी देखा पर्न थालेपछि स्वास्थ्य शाखा नियन्त्रणमा निरन्तर लागिरहेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्यकर्मीहरू , सञ्चारकर्मीको सहभागीता रहेको थियो ।
डेगुंको लक्षणहरूमा रुघाखोकी लाग्ने , ज्वरो आउने , हातखुट्टा दुख्ने , कमजोरी महसुस हुने लगायतका लक्षण रहेका छन् ।
विशेषगरी सरसफाइको कमीका कारण यसको लार्भा निस्किने भएकाले आफ्नो घर आगन सरसफाइ राख्नुपर्ने हुन्छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.