
नागरिक उन्मुक्ति पार्टीको सुदुरपश्चिम प्रदेश संसदीय दलको नेतामा रामेश्वर चौधरी चयन भएका छन ।
काठमार्डौमा पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रिय कमिटीले सुदुरपश्चिम संसदीय दलको नेतामा चौधरीलाई चयन गरेको पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिनु भयो ।
रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २, प्रदेश सभा २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । सुदुरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसदहरु रहेका छन ।