Naya Media
बिहिबार, फाल्गुन २१, २०८२
| | March 5, 2026
बिहिबार, फाल्गुन २१, २०८२

कैलालीको चुरेमा निःशुल्क स्वास्थ्य शिविर हुने

User Photo बिहिबार, माघ १९, २०७९
काठमाण्डौ ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुरमा माघ २१ गते शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बसर युवा क्लब कैलालीको आयोजनामा शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा पाठेघरको समस्या तथा आङ खस्ने समस्याको उपचार, महिनावारीमा गडबडी, स्तनमा गाँठागुठि र निसन्तान तथा बाँझोपन सम्बन्धी लगायतका महिलाहरूमा देखिने समस्याको उपचार गरिने छ । साथै हातखुट्टा झमझमाउने, दुख्ने र आँखाको चेकजाँच गर्ने र साथै मोतिबिन्दुको निःशुल्क अप्रेशन गर्नुका साथै सुगर पनि निः शुल्क चेकजाँच गरिने बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. रोजी शर्मा, जनरल फिजिसियन डा. शिलु उप्रती, जनरल फिजिसियन डा. भुवन ओझा, हेल्थ असिस्टेण्ट कुबेर खड्का र बिएससी नर्सिङ प्रियंका शर्माले चेकजाँच गर्ने अध्यक्ष देउवाले बताए ।
शिविर नोभा हस्पिटल, गेटा आँखा अस्पताल, चुरे गाउँपालिका, बास नेपाल कैलाली शाखा, गुराँस एकेडेमी अत्तरिया कैलाली र दारी ग्याङ कैलाली शाखाको सहकार्यमा संचालन हुने भएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.