Naya Media
बिहिबार, साउन १, २०८२
| | July 17, 2025
बिहिबार, साउन १, २०८२
Advertisement

कैलालीको चुरेमा निःशुल्क स्वास्थ्य शिविर हुने

User Photo
बिहिबार, माघ १९, २०७९
काठमाण्डौ ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुरमा माघ २१ गते शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बसर युवा क्लब कैलालीको आयोजनामा शिविर सञ्चालन हुने भएको हो ।
शिविरमा पाठेघरको समस्या तथा आङ खस्ने समस्याको उपचार, महिनावारीमा गडबडी, स्तनमा गाँठागुठि र निसन्तान तथा बाँझोपन सम्बन्धी लगायतका महिलाहरूमा देखिने समस्याको उपचार गरिने छ । साथै हातखुट्टा झमझमाउने, दुख्ने र आँखाको चेकजाँच गर्ने र साथै मोतिबिन्दुको निःशुल्क अप्रेशन गर्नुका साथै सुगर पनि निः शुल्क चेकजाँच गरिने बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले जानकारी दिए ।
शिविरमा बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. रोजी शर्मा, जनरल फिजिसियन डा. शिलु उप्रती, जनरल फिजिसियन डा. भुवन ओझा, हेल्थ असिस्टेण्ट कुबेर खड्का र बिएससी नर्सिङ प्रियंका शर्माले चेकजाँच गर्ने अध्यक्ष देउवाले बताए ।
शिविर नोभा हस्पिटल, गेटा आँखा अस्पताल, चुरे गाउँपालिका, बास नेपाल कैलाली शाखा, गुराँस एकेडेमी अत्तरिया कैलाली र दारी ग्याङ कैलाली शाखाको सहकार्यमा संचालन हुने भएको छ ।


advertisement


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.