निर्वाचित जनप्रतिनिधि गरेका काम कारवाहीहरुको रिपोर्ट कार्ड प्रस्तुत गर्न संयुक्त विद्यार्थी संगठनको माग गरेको छ । देशमा स्थानिय तहको चुनाव भएको एक वर्ष आठ महिना र संघ अनि प्रदेशको निर्वाचन भएको एक वर्ष एक महिना पुरा भैसकेको हुदा जनप्रतीनिधिहरु कहाँ छन, के गरी रहेका छन त्यसको अत्तोपत्तो जनतालाई नहुनु जनमत माथिको ठाडो अवहेलना भएको उनिहरुको ठहर छ । हाल सम्म रिपोर्ट कार्ड परस्तुत नगरी जवाफदेहिता र जिम्मेवारी देखी चुकेको उनिहरुको ठहर छ ।
उनिहरुले भनेका छ्न रिपोर्ट कार्ड परस्तुत गर्न चुकेका जनप्रतिनिधिहरुलाई घचघच्याई जवाफदेही र जिम्मेवार बनाउन विद्यार्थी संगठन कुनै कसर बाकी राख्ने छैन। कैलाली क्षेत्र नं २ बाट स्थानिय तह, संघ र प्रदेश सभाको निर्वाचनमा जनताको मत बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले अहिले सम्म गरेका गतिविधि र कामकारवाही को रिपोर्ट कार्ड प्रस्तुत गर्न विद्यार्थी संगठन जनप्रतिनिधिहरु समक्ष जोडदार माग गर्दछौ ।
सुशासन, समृद्धि र पारदर्शी आथिक प्रणालीले मात्रै देश निर्माणको ग्यारेन्टी गर्न सक्छ । विद्यार्थी समुदायको अगुवा र सत्ता पक्षको प्रतिपक्ष हुनुको नाताले हामी लामो कालखण्ड देखि विद्यार्थीका सरोकारका मुद्दाका अलवा जनताका सरोकारका सवालमा समेत नेतृत्वदायी भूमीका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ। देशमा स्थानिय तहको चुनाव भएको एक वर्ष आठ महिना र संघ अनि प्रदेशको निर्वाचन भएको एक वर्ष एक महिना पुरा भैसकेको हुदा जनप्रतीनिधिहरु कहाँ छन, के गरी रहेका छन त्यसको अत्तोपत्तो जनतालाई नहुनु जनमत माथिको ठाडो अवहेलना हो। जवाफदेहिता र जिम्मेवारी देखी चुकेका जनप्रतिनिधिहरुलाई घचघच्याई जवाफदेही र जिम्मेवार बनाउन विद्यार्थी संगठन कुनै कसर बाकी राख्ने छैन।
कैलाली क्षेत्र नं २ बाट स्थानिय तह, संघ र प्रदेश सभाको निर्वाचनमा जनताको मत बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले अहिले सम्म गरेका गतिविधि र कामकारवाही को रिपोर्ट कार्ड प्रस्तुत गर्न विद्यार्थी संगठन जनप्रतिनिधिहरु समक्ष जोडदार माग गर्दछौ ।
(नोट : हाम्रो ध्यानाकर्षणलाई वेवास्ता गरीए संयुक्त विद्यार्थी संगठनले स्वतःस्फुर्त कारवाही अघी बढाउने र त्यसबाट उत्पन्न हुने परीस्थीती को जिम्मेवार जनप्रतिनिधि हुने समेत जानकारी गराइन्छ)
