नेकपा (एमाले) कैलाली जिल्लाको ९ औं जिल्ला अधिवेशन नजिकिए सङ्गै माहोल तातेको छ आगामी फागुन ६ र ७ गते कैलालीको सुखडमा हुने अधिवेशनको माहोल तातिएको हो । अधिवेशनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। अधिवेशनका लागि प्रतिनिधि छनोट भइ सकेका छ्न । यश बिचमा जिल्ला अध्यक्ष को हुने भन्ने चर्चा हुन थालेको छ । जिल्लामा कार्यकर्ता माझ लोकप्रिय रहेका नेता तथा हालका जिल्ला सचिव डेजि पाण्डेको चर्चा बढी हुन थालेको छ । कार्यकर्तामाझ लोकप्रिय पाण्डेका पक्षमा ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरू पक्षमा रहेको स्रोतले बताएको छ ।
पाण्डेले एमालेमा झण्डै तीन दशक बिताइसकेका छन् । २०४८ सालमा कैलालीको बौनियामा रहेको रधुनाथ माध्यमिक विद्यालयमा अखिलको अध्यक्ष भएका पाण्डे त्यसको करिब ९ वर्षपछि सुदूरपश्चिम प्रदेशकै सबैभन्दा धेरै विद्यार्थि अध्ययन गर्ने कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति भए ।
२०५८ सालमा केन्द्रीय स्ववियु काउन्सिलका सहसंयोजक रहेका पाण्डे त्यसपछि पार्टी राजनीतिमा सक्रिय भए । एमालेको कैलाली जिल्ला सचिवालय सदस्य रहेका पाण्डे अखिल नेपाल राष्ट्रिय किसान महासंघको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम सचिव थिए । गत ८ औं कैलालीको जिल्ला अधिवेशनबाट उनी सचिव पदमा निर्वाचित भए ।
गोदावरीको एक वडा बाट प्रतिनिधि चुनिएका एक जनाले भने एमाले कैलाली लाई बनाउने हो भने डेजि पाण्डे जिल्ला अध्यक्ष बन्नु पर्छ अरुले पार्टी मिलाउन सक्दैनन् पार्टीमा दिएको योगदानको आधारमा पनि पाण्डे लाई अध्यक्ष बनाउनु पर्छ उनले भने ।
यश विषयमा हामिले पाण्डे सङ्ग सम्पर्क गर्दा उनले भने अहिले जिल्लाका नेता कार्यकर्ताको चाहाना म अध्यक्ष होस् भन्ने छ सके सर्वसम्मत हुन्छ हैन भने चुनाव भए पनि अध्यक्षमा मेरो दाबी छ आसा छ मलाई कैलालीका नेता कार्यकर्ताले सहयोग गर्ने छ्न । भुई मान्छेका लागि सधैं आवाज उठाउने पाण्डे कर्ममा रमाउने नेता हुन उनी कृषी पेशामा सक्रिय छ्न ।
