Naya Media
बिहिबार, कार्तिक ६, २०८२
| | October 23, 2025
बिहिबार, कार्तिक ६, २०८२

सेती अस्पतालको तेस्रो तलाबाट हामफालेका मृर्गौला पीडित बिरामीको घटनास्थलमै मृत्यु

User Photo
मङ्लबार, बैशाख १६, २०८२
काठमाण्डौ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत मृर्गौला पीडित एक बिरामीले तेस्रो तलाबाट हामफालेका छन् । उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालमा डायलाइसिस गराउँदै आएका कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो अस्पताल भवनको तेस्रो तलाबाट हाम फालेका हुन् ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले सोमबार मेडिकल वार्डमा भर्ना भएका सिंहले दिउँसो २ बजेपछि एक्कासी तेस्रो तलाबाट हाम फालेको बताए ।

उनी हामफोलेको ठाउँबाट अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मिर्गौला पीडित सिंहले प्रादेशिक अस्पतालमा डायलासिस गर्दै आएका थिए । सोमबार पनि डायलासिस गर्न आएका सिंहलाई चिकित्सकले मेडिकल वार्डमा भर्ना गरेका थिए । सिंहकी श्रीमती ईश्वरीदेवी उनको कुरुवा बसेकी थिइन् । एकैछिन बाहिर जान्छु भनेर निस्किएका सिंहले एक्कासी तेस्रो तलाबाट हामफालेको देखिएको अस्पतालले जनाएको छ ।

# मर्त्यु # सुदुरपश्चिम # सेती अस्पताल # स्वास्थ्य

Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.