Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

फेसबुकमा ल्याउँदैछ नयाँ नियम

User Photo
आइतवार, साउन १३, २०७५

फेसबुकले नयाँ योजना ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा विकृति बढेको भन्दै आलोचना हुन थालेपछि फेसबुकले त्यसलाई नियमन गर्ने योजना बनाएको हो ।

फेसबुकले आपत्तिजनक र घोरदक्षिणपन्थी विचार, कम उमेरका प्रयोगकर्ताको एकाउन्टको सुरक्षामा काम गर्ने जनाएको छ ।


advertisement

त्यसका लागि फेसबुकले सात हजार पाँचसय भन्दा धेरै कन्टेन्ट समीक्षकलाई तयार बनाइरहेको छ । जसले उत्तेजना, विद्वेष, आतंकवाद तथा बालबालिकाको यौन शोषणसँग जोडिएका सामाग्रीको समिक्षा गर्नेछ ।

कन्टेन्ट समिक्षिकले पूरा समय काम गर्ने छन् । यसकालागि फेसबुकले सहयात्री कम्पनीलाई पनि प्रयोग गर्ने भएको छ । जसले विश्वभरका ५० भन्दा धेरै भाषामा काम गर्नेछन् ।

फेसबुक अप्रेसनका सहायक प्रमुख एलेन सिल्वरका अनुसार ठूलो मात्रामा कन्टेन्टको समिक्षा पहिलो पटक गर्न लागिएको हो । अलग अलग भाषा, अलग अलग देशका मानिस आपसका कुरा गर्दै फेसबुकमा राखिएको पोस्टमा केन्द्रीत हुने उनले बताएका छन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.