काठमाडौं। नेपाल पत्रकार महासंघ एवम् नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि भएको हातपातको नेपाल प्रेश युनियनले भर्त्सना गरेको छ ।
तिवारी र घाइलमाथि कुश्माका निर्माण व्यवसायी पुस्कल शर्माले हातपात गरेको युनियनले जनाएको छ ।
शर्मा नेतृत्वको समुहले रेडियो सालिग्रामका स्टेशन मेनेजर घायल र नागरिक दैनिकका संवाददाता तिवारीलाई विहीवार साँझ कुश्मा नगरपालिका वडा नं ४ छमर्केमा आक्रमण गरी लछारपछार गरेका हुन् ।
आक्रमणमा पत्रकार घायल घाइते भएका छन् । उनको शरीरमा लगाएका लुगा पनि शर्माले च्यातिदिएका छन् । मदिराले मातेका शर्माले सुनियोजित रुपमा पूर्वाग्रही ढंगले आक्रमण गरी धम्की दिने कायरतापूर्ण कार्य गरेको युनियनले जनाएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनालाई गम्भिरतापूर्वक लिएर आक्रमणमा संलग्न शर्मालाई कानुन बमोजिम कार्वाही गर्न र पत्रकारमाथिका आक्रमण नदोहोरिने वातावरण सृजना गर्न प्रशासनसमक्ष माग गरेको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द