Naya Media
बुधबार, फाल्गुन ६, २०८२
| | February 18, 2026
बुधबार, फाल्गुन ६, २०८२

महिलालाई यस कारणले धेरै चढ्छ रक्सीको मात ?

User Photo मङ्लबार, भदौ १२, २०७५

महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अनुमान अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् ।

तर अब यी भनाई पुराना हुँदैछन् किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् ।

यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका अनुसार सन् २००० देखि २०१५ को बीचमा ४५ देखि ६४ वर्षका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा ५७ प्रतिशतको वृद्धि भएको छ । जबकी यो वर्गका २१ प्रतिशत पुरुषको सिरोसिसका कारण मृत्यु भएको छ ।

यस्तै २५ देखि ४४ वर्ष उमेरका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा १८ प्रतिशतको वृद्धि देखिएको छ जबकी यसै वर्गका पुरुष साथीमा सिरोसिसका कारण मत्युको संख्यामा १० प्रतिशतको कमी देखिएको छ ।

यतिमात्र होइन, रक्सीको ओभरडोजपछि अस्पतालको इमर्जेन्सी पुग्ने महिलाको संख्यामा पनि वृद्धि भइरहेको छ ।

तर समस्या यतिमात्र होइन कि महिलाले धेरै रक्सी पिइरहेका छन्, वास्तविकता यो हो कि महिलामाथि रक्सीको असर पुरुषको तुलनामा भिन्न तरिकाले भइरहेको छ ।

वैज्ञानिकका अनुसार महिलाको शरिरबाट निकै सिमित मात्रामा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाइम निस्कने गर्छ । कलेजोबाट निस्कने यो इन्जाइमले शरिरमा अल्कोहललाई तोड्ने काम गर्छ ।

के हो कारण ?

शरिरको फ्याटले अल्कोहललाई बचाइराख्छ जबकी शरिरमा भएको पानीले त्यसको असरलाई कम गर्छ । त्यसकारण प्राकृतिक रुपमा शरिरमा धेरै फ्याटको कमी र पानीका कारण महिलामाथि अल्कोहलको नाटकीय असर हुन्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्राध्यापक र मेकलिन हस्पिटल म्यासाच्यूटएसमा एडिक्शन साइकोलोजिस्ट डन सुगरम्यान भन्छन्, ‘महिलामाथि रक्सीको असर धेरै हुने भएकाले रक्सी पिउने महिलालाई पुरुषको तुलनामा धेरै समस्या हुन्छ ।’

जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा पुरुषको तुलनामा रक्सीको लत र मेडिकल समस्या धेरै हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ – अर्थात् महिला पुरुषको तुलनामा निकै ढिला रक्सी पिउन सुरु गर्छन् तर चाँडै नै त्यसको आदी बन्ने गर्छन् ।

यतिमात्र होइन, महिलामा कलेजो र मुटु रोगसम्बन्धि रोगको आशंका पनि धेरै हुने गर्छ ।

पुरुषको तुलनामा रक्सीले महिलालाई पुर्याउने असरबारे एक दशक अघिसम्म त्यति जानकारी उपलब्ध थिएन किनभने यस्ता अध्ययन रक्सी पिउने पुरुषमाथि मात्र गरिन्थ्यो ।

सन् १९९० मा जब अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल रिसर्चमा महिलालाई समावेश गर्न सुरु गरे स्थितीमा परिवर्तन आएको हो ।

उक्त अध्ययनमा रक्सीको नशा लागिसकेको महिलालाई उनीहरुको समूहमा राखेर उपचार गरेमात्र उनीहरुको उपचार राम्रो तरिकाले हुनसक्ने निष्कर्ष निस्किएको थियो ।बीबीसी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.