Naya Media
शनिबार, जेष्ठ ३१, २०८२
| | June 14, 2025
शनिबार, जेष्ठ ३१, २०८२
Advertisement

श्रीकृष्णजन्माष्टमी मनाइँदै

User Photo
आइतवार, भदौ १७, २०७५

काठमाडौं ।भदौं कृष्ण अष्टमीका दिन आज भगवान श्रीकृष्णको पूजा–आराधना गरी कृष्णाष्टमी मनाइँदै छ ।

भगवान कृष्णले आफ्नै मामा कंसको बध गरेर अत्याचार र अन्याय गर्नेहरुको जित हुँदैन भन्ने देखाएका कारण हिन्दु धर्मावलम्बीहरुले कृष्ण जन्मिएको भाद्र कृष्ण अष्टमीको दिनलाई महत्वपूर्ण पर्वका रुपमा मनाउँदै आएका छन् ।


advertisement

 भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ । मन्दिर जान नसकेका श्रद्धालुहरुले ब्रत बसी घरघरमा नै कृष्णको पादुका खडा गरेर पूजाआजा गरेका छन् । श्रद्धालुहरुले कृष्ण मन्दिर तथा आ–आफ्ना टोलटोलमा भजनकीर्तन गरेर कृष्णको महिमा गाएका छन् ।

भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज देशभरका कृष्ण मन्दिरहरुमा पूजा आराधना गरेर कृष्ण जन्माअष्टमी मनाईंदै छ । यसै अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुईंचो लागेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.