Kanoon Post
शनिबार, माघ ५, २०८१ | January 18, 2025 |
शनिबार, माघ ५, २०८१

एप्पलका तीन नयाँ आइफोन : यस्ता छन् विशेषता र मूल्य

User Photo
बिहिबार, भदौ २८, २०७५

एप्पलले गएको वर्षदेखि सुरुगरेको नयाँ संस्करणको आइफोनका तीन नयाँ भर्सन सार्वजनिक गरेको छ । एप्पलले गएको वर्षदेखि आइफोन एक्स सिरिज सुरु गरेको थियो । एक्स सिरिजका तीन नयाँ आइफोन एप्पलले बुधबार विशेष कार्यक्रम गरेर सार्वजनिक गरेको हो ।

क्यालिफोर्नियामा भएको वार्षिक कार्याक्रममा एप्पलका प्रमुख कार्यकारी टिम कुकले एक्स सिरिजका तीन आइफोन आफोन एक्सएस, आइफोन एक्सएस म्याक्स र आइफोन एक्सआर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएका दुई आइफोनको स्क्रिन ठूलो छ भने एउटाको यसअघिको जस्तै केही सानो छ । यस्तै दुई फोनको मूल्य केही बढी छ भने एउटा फोनको मूल्य तुलनात्मक रुपमा केही कम रहेको छ।

आइफोन एक्सएस म्याक्स सार्वजनिक गरिएकोमा सबैभन्दा ठूलो स्क्रिन भएको फोन हो । यसमा ६.५ इन्चको स्क्रिन रहेको छ । यस्तै आइफोन एक्सएसको भने विगतको आइफोन एक्सको जस्तै ५.८ इन्चको स्क्रिन छ । आइफोन एक्सआरको स्क्रिन ६.१ इन्चको छ तर मूल्य भने अरु दुईको भन्दा केही कम रहेको छ ।

यस्तै एप्पलले फल–डिटेक्सन फङ्गसनसहितको नयाँ स्मार्टवाच पनि सार्वजनिक गरेको छ । एप्पल कुल पूँजी एक ट्रिलियन अमेरिकी डलर पुग्ने पहिलो अमेरिकी कम्पनी हो । स्मार्टफोनको बजारमा एप्पलको प्रभाव राम्रो छ । पहिलो नम्बरमा सामसुङ, दोस्रोमा हुवाई र तेस्रोमा एप्पल रहेको छ ।

आइफोन एक्सएस र एक्सएस म्याक्स


एप्पलले सार्वजनिक गरेको आइफोन एक्सएस म्याक्सको स्क्रिन डिस्प्ले ६.५ इन्चको रहेको छ र यो सबैभन्दा ठूलो डिस्प्ले भएको फोन हो । तर आकार भने एप्पलको आइफोन एट प्लस र यसको उस्तै छ ।

यस्तै आइफोन एक्सएसको स्क्रिन डिस्प्ले ५.८ इन्चको छ । दुवै फोनमा ओएलइडी एचडिआर स्क्रिन रहेको छ । यसमा सुपर रेटिना डिस्प्ले छ ।

यस्तै यी फोन गोल्ड, सिल्भर र स्पेस ग्रे फिनिशेसमा उपलब्ध छन् ।

ड्युअल क्यामराः १२ मेगापिक्सल वाइड एण्ड टेलिफोटो लेन्स

फ्रन्ट फेसिङ्ग क्यामराः ७ मेगापिक्सल, जसले पोट्रेट फोटो राम्रो खिच्ने छ

ए १२ बायोनिक चिपः ७–नानोमिटर प्रोसेसर, जसले सन् २०१७ का आइफोनमा भन्दा एप्लिकेशनको प्रस्तुतिदर ३० प्रतिशत तीव्र बनाउँछ ।

स्टोरेज अप्सन्सः ६४ जिबी, १२८ जिबी र ५१२ जिबी

आइपी ६८ वाटर रेसिस्टेन्स रेटिङ्ग रहेकाले दुई मिटरको गहिराइमा ३० मिनेटसम्म रहँदा पनि सुरक्षित हुनेछ

ब्याट्री लाइफः आइफोन एक्सएसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी हुनेछ

इसिम टेक्नोलोजीबाट दुईवटा सिम सपोर्ट गर्ने

फेस आइडी मार्फत फोनलाई अनलक गर्न सकिने

थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन

स्टेरियो साउण्ड

आइओएस १२ सफ्ट्वेयर

आइफोन एक्सएसको मूल्यः ९९९ अमेरिकी डलरबाट सुरु (६४ जिबीको ९९९ अमेरिकी डलर, २५६ जिबीको ११४९ अमेरिकी डलर र ५१२ जिबीको १३४९ अमेरिकी डलर)

आइफोन एक्सएस म्याक्सको मूल्यः १०९९ अमेरिकी डलरदेखि सुरु (६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर)

सस्तो फोन, आइफोन एक्सआर


६.१ इन्चको एलसिडी स्क्रिन, ३२६ पिपिआई (रेटिना डिस्प्ले)

आल्मुनियम बडी विथ ग्लास ब्याक

सिंगल क्यामराः १२ मेगापिक्सल वाइड एङ्गल लेन्स विथ ओआइएस

स्टोरेज अप्सनः ६४ जिबी, १२८ जिबी र २५६ जिबी

पोट्रेट मोड फोटो थ्रु सफ्टवेयर

आइफोन एक्सएसमा जस्तै ट्रू डेप्थ क्यामरा सिस्टमसहितको फेस आइडी

ए १२ बायोनिक चिप

ब्याट्री लाइफः आइफोन एट प्लसमा भन्दा दिनको डेढ घण्टा बढी

आइपी ६७ वाटर रेसिस्टेन्स

थ्री डी टच छैन

आइओएस १२ सफ्वेयर

रंगः निलो, गुलाबी, पहेँलो, सेता, कालो र रातो

मूल्यः ७४९ अमेरिकी डलरदेखि सुरु (६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर)

एप्पलले सन् २०१२ देखि हरेक सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्ने गरेको छ । यो क्रमम आइफोन फाइभदेखि सुरु भएको हो । एप्पलले सन् २०१४ देखि दुई मोडलका आइफोन सार्वजनिक गर्न थाल्यो ।

गएको वर्ष उसले आइफोन एट र आइफोन एट प्लस ल्यायो । त्यसको केही कप्तापछि पुनर्संचना गरिएको आइफोन एक्स सार्वजनिक गरेर उसले नयाँ संस्करण लञ्च गरेको थियो ।

User Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.