Naya Media
शुक्रबार, माघ २, २०८२
| | January 15, 2026
शुक्रबार, माघ २, २०८२

बनेपा महोत्सव असोज ११ देखि

User Photo
सोमवार, अशोज १, २०७५

दशैंतिहारको अवसरमा काभ्रेको बीबीसी क्लबले ‘बनेपा महोत्सव– २०७५’ आयोजना गर्ने भएको छ । क्लबले शनिवार बनेपामा पत्रकार सम्मलेन गरी यो वर्ष पनि उक्त महोत्सव गर्न लागेको र ऊँटको नृत्यलाई प्राथमिकतामा राखेको जानकारी दिएको छ ।

‘हाम्रो अभियान, खेलको सान, संस्कृति र समृद्धि बनेपाको पहिचान’ भन्ने मूल नाराका साथमा सञ्चालन हुने महोत्सवको उद्देश्य जातजातिको संस्कृति, बाजागाजा, नृत्य र वेशभूषाको जगेर्ना गर्ने रहेको मेलाका मुख्य संयोजक एवम् कलाकार हरि कर्माचार्यले बताए । असोज ११ देखि २१ गतेसम्म व्यापारिक, सांस्कृतिक मनोरञ्जनात्मक खेल मेला–२०७५ आयोजना हुन लागेको हो । मेलामा कृषि, घरेलु उत्पादनलगायत १ सयभन्दा बढी स्टल रहनेछन् । बालबालिकाका लागि बाल उद्यानको समेत व्यवस्था मिलाइनेछ ।

मेलामा काभ्रे उद्योग वाणिज्य सङ्घ, उद्योग वाणिज्य सङ्घ पनौती, उद्योग वाणिज्य सङ्घ पाँचखाल, उद्योग वाणिज्य सङ्घ धुलिखेल, उद्योग वाणिज्य सङ्घ नमोबुद्धको समेत विशेष सहयोग रहने आयोजकले जानकारी दिएको छ । महोत्सवमा राष्ट्रियस्तरका कलाकारबाट विशेष सांस्कृतिक कार्यक्रमको प्रस्तुति पनि रहने बताइएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.