Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

नेकपाका कार्यकर्ताद्वारा पत्रकार कुटिए

User Photo
शनिबार, कार्तिक २४, २०७५

रुकुम। नेपाल प्रेस युनियन रुकुम पश्चिमका सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल एक समूहकाे सांघातिक आक्रमणमा घाइते भएका छन् ।

नेपाल प्रेस युनियनले एक विज्ञप्तिमार्फत नेकपामा क्रियाशिल रहेका पूर्व माओवादी नेता कार्यकर्ताहरुको समुहले खनाललाई छुरी प्रहार गरि गम्भिर घाइते बनाएको आरोप लगाएको छ ।


advertisement

खनालसँगै भलिवलका राष्ट्रिय खेलाडी दिपक कुसारी, मदन कुसारी रिजाल सहित थप १२ जना व्यक्तिहरु समेत सांघातिक आक्रमणमा परेको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार अपरान्ह साढे ४ वजेतिर रुकुम वाफिकोट ६ मग्माका स्थानिय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदै गरेका उनीहरु आक्रमणमा परेको जनाइएको छ ।

आक्रमणमा परि घाइते भएकाहरुको सदरमुकाम खलङ्गामा उपचार भइरहेको जनाइएको छ ।

युनियनले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग पनि विज्ञप्तिमार्फत गरेको छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.