मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

बुधबार, मंसिर ५, २०७५, । 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।

आयोजना र ठेकेदारबीच भएको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले ३५ करोड क्षतिपुर्ति दिनुपर्ने निर्णय गरेको हो ।

ठेकेदार कम्पनी ईटालियन को—अपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी सिएमसी ले भुकम्प, नाकाबन्दीलगायतका कारणले काम गर्न नपाएको भन्दै गत जेठमा कामै रोकेर एक अर्ब ६५ करोड क्षतिपुर्ति दाबी गरेको थियो ।

आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेलका अनुसार सोही विवाद समाधान गर्न बनेको समितिले १ अर्ब ६५ करोडको सट्टा ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तान गर्ने निर्णय गरेको हो ।,नागरिक दैनिक

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुधबार, मंसिर ५, २०७५ (November 21, 2018, 7:08 am) मा द्वारा सूचना/ जानकारी अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै