Naya Media
सोमवार, माघ २६, २०८२
| | February 9, 2026
सोमवार, माघ २६, २०८२

विप्लवको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

ट्रकमाथि तोडफोड, यात्रुलाई ओरालेर आगजनी गाडीमा

User Photo बिहिबार, फाल्गुन ३०, २०७५

धनगढी । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित बनेको छ ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा सुदूरपश्चिमको जनजीवन प्रभावित बनेको हो ।

आज बिहानै देखि सुदूरपश्चिम प्रदेशमा यातायातका साधन, कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दका कारण भारतबाट मजदुरी गरी होली मनाउन घर फर्केका यात्रुहरु पनि अलपत्र परेका छन् । टीकापुर, लम्की, अत्तरिया, महेन्द्रनगर तथा पहाडी क्षेत्रहरुमा पनि बन्दको असर परेको छ ।

कैलालीको बडैपुरमा विवाहको गाडीमा पनि बन्द आह्वानकर्ताले आगजनी गरेका छन् । प्रहरीले सुरक्षामा गाडी सञ्चालन गरिरहेकोमा विवाहको गाडीलाई केही नहुने भन्दै छोडिएकोमा विप्लव समूहले आगजनी गरेको हो ।

त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका २ मा पनि विप्लव कार्यकर्ताले ट्रकमाथि तोडफोड गरेको छ । हेटौडाबाट पश्चिमतिर आइरहेको ना ७ ख ५४० नम्बरको मालबाहक ट्रकमाथि तोडफोड गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमो आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्णरुपमा क्षति भएको छ ।

भारतबाट होली मनाउन घर जान लागेका अछाम ढकारी गाउँपालिका वडा नं. ३ का ८ जना पनि धनगढी बसपार्कमा अलपत्र परेका छन् । उनीहरुले बालबच्चासँगै रहेको होटलमा बस्न पैसा नहुँदा अप्ठ्यारो परेको बताए ।

त्यसैगरी बन्दका कारण सुदूरपश्चिम प्रदेशमा सञ्चालन भैरहेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता पनि प्रभावित भएको छ ।

गोदावरी सडक खण्डमा बन्दका दिन किन गाडी चलाएको भन्दै रोक्न खोजेको भन्दै तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेना जानकारी दिए । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको कैलाली प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.