काठमाडौं : संसारभरका कतिपय प्रयोगकर्ताका लागि आज फेसबुक र इन्स्टाग्राम डाउन भएको छ। तपाईँ फेसबुक त खोल्न सक्नुहुन्छ तर यी दुबै प्लेटफर्मबाट म्यासेज आदानप्रदान गर्न तथा केही नयाँ कुरा पोस्ट् गर्न भने सक्नुहुन्न।
टेक्नोलोजी साइट भर्जले डेस्कटप भर्सनमा म्यासेन्जर लोड नभएको तथा इन्स्टाग्रामको नयाँ पोस्ट क्रियट गर्ने बटनले समेत काम नगरेको लेखेको छ। यद्यपि मोबाइल भर्सनमा भने म्यासेन्जरले काम गरिरहेको छ।
यस्तै अर्को टेक्नोलोजी साइट म्यासेबलले पनि फेसबुक इन्कको स्वामितवमा रहेका फेसबुक र इन्स्टाग्राम दुबैले अजिबखालको व्यवहार गरेको खबर छापेको छ। उसले फेसबुककै अर्को म्यासेजिङ एप ह्वाट्सएपले पनि काम नगरेको लेखेको छ।
फेसबुकले प्रयोगकर्ताको समस्या थाहा पाएको र जतिसक्दो चाँडो समस्या समाधानका लागि प्रयास गरिरहेको जनाएको छ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द