Naya Media
सोमवार, बैशाख १४, २०८३
| | April 27, 2026
सोमवार, बैशाख १४, २०८३

युवकको शव फेला

बुधबार पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने

User Photo बुधबार, बैशाख १८, २०७६
काठमाण्डाै ।

लिखु नदीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव मंगलबार सशस्त्र प्रहरीले फेला पारेको छ। आइतबार बेपत्ता भएका लिखु तामाकोशी गाउँपालिका वडा नं २ सैपु फेदीमा निमार्णाधिन स्वेतगंगा हाइड्रोपावरमा कार्यरत २६ वर्षीय रामबाबु बुढाथोकीको शव सशस्त्र प्रहरी गोताखोरको टोलीले कल्चुडे दहबाट निकालेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी हवल्दार धनबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार तीन दिनदेखि स्ठानीय, प्रहरी र हाइड्रोपावरका कर्मचारीले खोजतलास गर्दा पनि पत्ता नलागेपछि मंगलबार बुढाथोकीलाई खोज्न शसस्त्रको टोली बोलाइएको थियो।

गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं १ घर भएका बुढाथोकीको शव राति ११ बजे पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ल्याइएको तामाङले बताए। उनले भने – ‘बुढाथोकीको शवको बुधबार पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइने छ।’

सैपु-सिरिसे प्रहरी चौकीका असई ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार बुढाथोकी आइतबार दिउँसो साढे १२ बजेतिर साथीसँगै नुहाउन र पौडी खेल्न खोलामा गएका थिए। श्रेष्ठले भने -‘पौडी खेल्नेक्रममा मुल्कोले बगाएपछि तत्काल खोलामा पसेर निकाल्न साथीहरुले नसक्दा केही बेरमा नै उनी बेपत्ता भएका थिए।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.