Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

जहाजभित्रै चोरी

समातिए दुई चिनियाँ नागरिक

User Photo आइतवार, भदौ ८, २०७६
काठमाण्डाै ।

काठमाडौं । त्रिभुवन विमानस्थलमा जहाजभित्रै चोरी गरेको आरोपमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु छन् ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट नजिक डेरा गरी बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ ।

शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार रुपैयाँ चोरी भएको हो ।

काठमाडौं–९ सिनामंगल डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ ।

शनिबार साँझ सुनका विभिन्न गहना र नगद ५० हजार रुपैयाँ रुपैयाँ समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.