Naya Media
बुधबार, बैशाख १६, २०८३
| | April 29, 2026
बुधबार, बैशाख १६, २०८३

आजको मौसम : मेघ गर्जनसहित भारी वर्षाको सम्भावना

धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा

User Photo बुधबार, भदौ १८, २०७६
काठमाण्डाै ।

काठमाडौं ।बुधबार देशका केहि स्थानहरुमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा नेपालको पश्चिमी भु-भागमा औसत स्थानभन्दा केहि माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित भएको उल्लेख छ। बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा न्युन चापिय प्रणाली बनेको छ।

मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा हुनेछ। थोरै स्थानहरुमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

राति देशभरी सामान्य बदली रही पश्चिम र मध्यका अधिकांश साथै पुर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.