Naya Media
बिहिबार, असार ११, २०८३
| | June 24, 2026
बिहिबार, असार ११, २०८३

धेरै रिसाउँदा बढ्छ तौल,’रोचक कारण’

User Photo शुक्रबार, अशोज ३, २०७६
काठमाण्डाै ।

के तपाईंलाई असाध्यै रिस उठ्छ ? अथवा, स–साना कुरामा चिच्याउने र झगडा गर्नुहुन्छ ? यदि यस्तै गर्नुहुन्छ भने सावधान, किनभने विज्ञानका अनुसार रिसाउँदा तपाईंको तौल बढ्न सक्छ ।

सुन्दा अचम्म लाग्यो होला, तर यो वास्तविता हो । बडी साइन्सका अनुसार धेरै रिसाउँदा तपाईं मोटाउनुहुन्छ । साधारणतया हामीलाई दैनिक कुनै कुनै कारणले रिस उठाइरहेको हुन्छ । तर केही मानिसहरुको रिसाउने बानी नै हुन्छ । यदि तपाईं पनि आफ्नो रिस नियन्त्रण गर्न सक्नुहुन्नँ भने तपाईंले यो लेख पढ्नै पर्छ ।

के तपाईंले कहिले सोच्नुभएको छ ? रिस उठ्दा तपाईंको शरीरमा स–साना परिवर्तन किन आउन थाल्छन् ? जस्तै, रिस उठ्दा अनुहार रातो हुनु, शरीर थर्थराउनु, आँखा रातो हुनु, सोच्ने र बुझ्ने शक्ति गुमाउनु आदि, इत्यादि । यी सबै परिवर्तन केही विशेष केमिकल्स वा हर्मोनका कारण हुन्छ जस्तै एड्रेनेलिन, सिएचआर र कार्टिसोल ।

यी हर्मोन्सलाई तपाईंको दिमागले त्यतिबेला रिलिज गर्छ जब कुनै कारणवश, स्थिती तपाईंले सोचेभन्दा फरक वा इच्छाविपरित हुन्छ । यस्तै, एड्रेनेलिन हर्मोनका कारण तपाईंलाई रिस उठ्छ । यतिबेला तपाईंको शरीरले अत्यधिक मात्रामा इनर्जी रिलिज गर्न थाल्छ जसका कारण शरीर तातो हुन्छ र रक्त प्रवाह बढ्दा आँखा र अनुहार राता हुन्छन् ।

रिस शान्त हुँदा तपाईंको शरीरमा एड्रेनेलिनको स्तर घट्न थाल्छ, त्यसपछि तपाईं शान्त हुन थाल्नुहुन्छ तर कार्टिसोल हर्मोनका कारण तपाईंको रिस तुरुन्त शान्त हुँदैन र तपाईं थोरै समयका लागि चिन्तित वा सोचमग्न हुनुहुन्छ । कार्टिसोल हर्मोनले रिसमा रिलिज गरिएको ऊर्जालाई फिर्ता पाउनका लागि भोक लागेको संकेत पठाउँछ । यसैकारण जब हामी चिन्तित हुन्छौं तब हामीलाई धेरे भोक लाग्छ । रिसले हाम्रो सोच्ने–बुझ्ने योग्यतामा पनि असर पुर्‍याउँछ त्यसकारण धेरै मानिसहरु रिसपछि यस्तो खानेकुरा खान्छन् जुन उनीहरुलाई मिठो लाग्छ, त्यो स्वस्थ नभएपनि ।

रिसले तपाईंको पेट र कम्मर वरिपरि बोसो बढाउँछ किनभने कार्टिसोल हर्मोनले तपाईंको शरीरको मेटाबोलिजमलाई ढिलो बनाइदिन्छ जसका कारण तपाईंले खानुभएको खाना पूर्ण रुपमा ऊर्जामा परिवर्तन नभई बोसोमा परिवर्तन हुनथाल्छ । यसैकारण डिप्रेशन र तनावमा हुँदा तपाईंको पेट वरिपरिको भागमा बोसोको पत्र जम्मा हुन थाल्छ ।

हुन त अत्यधिक रिसाउँदा तपाईंको सोच्ने बुझ्ने क्षमतामा ह्रास आउँछ । तर रिस शान्त भइसकेपछि तपाईंले केही कुरामा ध्यान दिएर मोटोपनाबाट बच्न सक्नुहुन्छः

रिस शान्त भएपछि तुरुन्त एक गिलास चिसो पानी पिउनुहोस् । यसले तपाईंको शरीरको तापक्रम कम गर्नुका साथै तपाईंको भोक पनि शान्त गराउँछ ।

यदि तपाईंलाई भोक लागेको महसुस हुन्छ भने केही अस्वस्थकर खाना खानुको साटो हल्का वा कम क्यालोरी भएको खाना खानुहोस् जसले तपाईंको भोक पनि शान्त गरोस् र तपाईंले अतिरिक्त बोसो पनि झेल्नु नपरोस् ।

रिस शान्त भएपछि गहिरो सास फेर्नुहोस् र आँखालाई दुई मिनेटका लागि बन्द गरेर पल्टिनुहोस् वा बस्नुहोस् वा एकै ठाउँमा उभिनुहोस् । यसले तपाईंको ब्लड प्रेशर नियन्त्रणमा हुन्छ र तपाईं स्थिर हुन सक्नुहुन्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.