Naya Media
बुधबार, जेष्ठ २०, २०८३
| | June 3, 2026
बुधबार, जेष्ठ २०, २०८३

इनारमा भेटियो युवकको शव

User Photo सोमवार, पुस १४, २०७६
काठमाण्डाै ।

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको एक इनारमा युवकको शव फेला परेको छ ।

नगरपालिकाको वडा नं १ र ९ को सीमामा पर्ने खेतवारी रेष्टुरेन्ट छेउको इनारमा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले इनारमा युवको शव फेला परेको जानकारी दिए ।

शवको पहिचान भने हुन सकेको छैन । जेसिज राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्णकुमार मानन्धर हराइरहेको र उनको परिचयपत्रलगायतका कागजातसमेत इनारछेउमा भेटिएकाले उनी इनारमा खसेको हुनसक्ने अनुमान गरेको छ ।

उनको शव इनारमा खसेको भेटिए पनि अझै निकालिएको भने छैन । शव निकाल्नका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.