Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 2, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

नमाज पढ्दै गरेका १४ जना पक्राउ

User Photo आइतवार, बैशाख ७, २०७७
काठमाण्डाै ।

बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

अहिलेको अवस्थामा जम्मा नहुन बारम्बारर आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले जानकारी दिए । उनीहरु सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

यो सँगै प्रहरीले विभिन्न ठाउँका मस्जिदहरुमा निगरानी बढाएको छ । यसअधि कपिलवस्तुमा १ जना पाकिस्तानी नागरिक पनि फेला परेका र उनलाई क्वारेन्टाइनमा राखिएको राणाले जानकारी दिए । आज दाङमा पनि प्रहरी र जनप्रतिनधिहरुको टोली मस्जिदहरुमा पुगेर निगरानी गरेका थिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.