
बुटवल । कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउँसो १ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
अहिलेको अवस्थामा जम्मा नहुन बारम्बारर आग्रह गर्दा पनि अटेर गरेपछि पक्राउ पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले जानकारी दिए । उनीहरु सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई अहिले वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।
यो सँगै प्रहरीले विभिन्न ठाउँका मस्जिदहरुमा निगरानी बढाएको छ । यसअधि कपिलवस्तुमा १ जना पाकिस्तानी नागरिक पनि फेला परेका र उनलाई क्वारेन्टाइनमा राखिएको राणाले जानकारी दिए । आज दाङमा पनि प्रहरी र जनप्रतिनधिहरुको टोली मस्जिदहरुमा पुगेर निगरानी गरेका थिए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द