Naya Media
मङ्लबार, जेष्ठ १९, २०८३
| | June 1, 2026
मङ्लबार, जेष्ठ १९, २०८३

भारतमा २८ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

User Photo शनिबार, बैशाख २७, २०७७
काठमाण्डाै ।

दिल्लीस्थित नेपाली दूतावासका अनुसार भारतमा हालसम्म २८ जना नेपालीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत आएका थिए

संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ । दूतावासका अनुसार मृत्यु हुनेमा हरियाणा रोहतकका ४५ वर्षीय पुरुष छन् । पाल्पा घर भएका ती संक्रमित नेपाली कामकै सिलसिलामा रोहतकमा बस्दै आएका थिए ।

पछिल्लो संक्रमण बैतडी, दोगडा केदार गाउँपालिकाका २३ वर्षीय पुरुषमा देखिएको छ । ती संक्रमित नेपाली एसियाकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार मानिने आजादपुर तरकारी बजारको एउटा फलफूल पसलमा काम गर्दै आएका थिए । उक्त बजारमा सुदूरपश्चिमका थुप्रै युवाहरु काम गर्ने गर्छन् । स्वास फेर्न गाह्रो हुने र छाती पोल्नेलगायतका कोरोना भाइरसको लक्षण देखिएपछि बिहीबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको सुदूरपश्चिम नेपाली समाजका कोषाध्यक्ष महादेव भट्टले कान्तिपुरलाई बताए । संक्रमण देखिएपछि उनलाई पहिले रामनोहर लोहिया कोरोना अस्पताल लगिएको थियो । तर, त्यहाँ बेड खाली नभएपछि सुल्तानपुरीको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको भट्टले जानकारी दिए ।

संक्रमित नेपालीहरुमध्ये पनि सबैभन्दा बढी महाराष्ट्रका छन् । महाराष्ट्रको मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको सुदूरपश्चिम अछाम मूल घर भएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमित सबैजना उपचार पछि निको भइसकेका छन् । मुम्बईकै थानेमा रहेका अन्य तीन जनामा नेपाली कामदारहरु पनि संक्रमण देखिएको छ । कैलाली घर भएका उनीहरुको उपचार चलिरहेको दूतावासले बताएको छ । साथै मुम्बईकै दानावरमा बस्ने अर्का एक ५७ वर्षीय पुरुषमा पनि कोरोना भाइरसको पोजिटिभ देखिएको छ । उनको पनि स्थानीय उपचार भइरहेको बताइएको छ ।

महाराष्ट्रकै अर्को सहर पुनेमा बस्दै आएको अछामको एकै परिवारको तीन जना संक्रमित भएका छन् । २८ वर्षीय घरमूली, उनकी २२ वर्षीय श्रीमती र ५ महिनाका छोरामा भाइरसको देखिएको हो । उनीहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको दूतावासले जनाएको छ ।

त्यसैगरी हरियाणाको गुडगावँस्थित एउटा औषधी पसलमा काम गर्दै आएकी ३१ वर्षीय महिला नर्समा पनि संक्रमण पुष्टि भएको छ । दिल्लीस्थित दूतावासका अनुसार नवलपरासी घर भएकी ती महिला नर्सको हाल उपचार चलिरहेको र अवस्था सामान्य रहेको छ ।

साथै दक्षिण भारतको बैंग्लुरुमा बस्दै आएका बझाङ, चैनपुरका चार जना नेपालीहरुमा पनि कोभिड–१९ देखिएको थियो । सबैभन्दा पहिले परिवारका घर मूली र उनकी श्रीमतीमा संक्रमण देखिएको थियो । तर, उनीहरु निको भइसके पछि दश वर्षीय छोरामा पनि संक्रमण देखियो । त्यसबाहेक त्यही परिवारसँग सम्पर्कका रहेका अर्का एक जना नेपाली पुरुषमा पनि कोभिड–१९ देखिएको थियो । यिनीहरु सबै जना उपचारपछि निको भइसकेका छन् ।

त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषसँगै बस्ने अर्का एकजना १५ वर्षीय युवामा पनि संक्रमण देखिएको छ । उनको रोहतककै मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ ।

यसबाहेक केही महिनाअघि भारत आएका पाँच जना नेपाली जसमा संक्रमण देखिएको थियो । जसमध्ये एक जना उपचारपछि निको भइसकेको छ भने चार जनाको भने अझै उपचार चलिरहेको छ । तिनीहरुमध्ये हरियाणाको अम्बालामा रहेका संक्रमित उपचार पछि की भइसकेका छन् भने उत्तरप्रदेश (यूपी) को बागपतमा रहेका बाँकी चार जना संक्रमितको हाल मेरठमा उपचार चलिरहेको छ । र उनीहरुको अवस्था सामान्य रहेको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.