Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

बार्सिलोनाले आफ्नो नोउ क्याम्पको नाम बेचेर कोरोना विरुद्ध लड्न रकम उठाउने

User Photo बुधबार, बैशाख १०, २०७७
काठमाण्डाै ।

स्पानिस क्लब बार्सिलोनाले आफ्नो घरेलु फुटबल मैदान नोउ क्याम्पको नाम बेचेर कोरोना भाइरस महामारी विरुद्ध लड्न रकम उठाउने भएको छ ।

क्लबको एक्जुकेटिभ बोर्डले मंगलबार त्यसबापत उठ्ने सबै रकम कोरोना महामारी विरुद्ध लड्न दान गर्ने जनाएको छ ।

बार्सिलोनाले २०२०-२१ सिजनको लागि नोउ क्याम्पको स्पोन्सर राख्न लागेको हो । यसका लागि क्लबले बार्सा फाउण्डेसनलाई स्पोन्सर खोज्न भनेको छ ।

क्याटलान क्लब बार्सिलोनाले पहिलो पटक नोउ क्याम्पको नाम बेच्न लागेको हो । सन् १९५७ मा स्थापना भएयता नो क्याम्पको कुनै स्पोन्सर छैन । नोउ क्याम्प युरोपको ठूलो रंगशाला हो, जसमा ९९ हजार दर्शक क्षमता छ ।

क्लबको स्टेडियममको स्पोन्सर खोज्ने बारे क्लबका भाइस प्रेसिडेन्ट कार्डोनेरले यसबाट विश्वभर सन्देश दिन खोजेको बताए । उनले भने, ‘हामी विश्वव्यापी रुपमा सन्देश दिन चाहन्छौँ । पहिलो पटक कसैले नोउ क्याम्पमा आफ्नो नाम राख्ने अवसर पाउँदैछ र यसबाट उठेको रकम मानवियताको लागि खर्च हुनेछ, बार्सिलोनाको लागि मात्र होइन ।’

सन् २०२० अघिसम्म बार्सिलोनाको जर्सी स्पोनसर समेत थिएन । २०१० मा बार्सिलोनाले कतार फाउण्डेसनसँग जर्सीको स्पोनसरको लागि सम्झौता गरेको थियो ।

च्यारिटीको लागि बार्सिलोनाले सन् २००६ देखि जर्सीमा युनिसेफको लोगो भने राखेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.