Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि हुने

User Photo बुधबार, फाल्गुन ५, २०७७
काठमाण्डाै ।

सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो ।

 प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ ।

मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले यस पटक प्रतियोगितालाई विगतको भन्दा भव्य रुपमा आयोजना गर्ने तयारी भइरहेको बताइन् ।

उनले यस संस्करणमा पुरस्कार राशीसमेत बढाउने तयारीमा रहेको जानकारी दिइन् । छैटौं संस्करणको विजेताले नगद २ लाख प्राप्त गरेको थियो । यस पटकको विजेताले पाउने रकम केही दिनमा घोषणा हुने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगिता नेपालगञ्जको चिनारीको रुपमा आयोजना हुँदै आएको बताइन् । यस्तै संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए ।

बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैटौं पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपालि पनि भारत र बंगलादेशका क्लबलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.