Kanoon Post
शुक्रबार, चैत्र १६, २०८०/ March 29, 2024,
शुक्रबार, चैत्र १६, २०८०

Trending :

No tags found.

सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता फागुन २१ गतेदेखि हुने

काठमाण्डाै ।

सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता यही फागुन २१ गतेदेखि हुने भएको छ । आयोजक बाँके जिल्ला भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २१ देखि २५ गतेसम्म हुने जनाएको हो ।

 प्रतियोगिता नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आयोजना हुनेछ ।

मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसी (नमुना)ले यस पटक प्रतियोगितालाई विगतको भन्दा भव्य रुपमा आयोजना गर्ने तयारी भइरहेको बताइन् ।

उनले यस संस्करणमा पुरस्कार राशीसमेत बढाउने तयारीमा रहेको जानकारी दिइन् । छैटौं संस्करणको विजेताले नगद २ लाख प्राप्त गरेको थियो । यस पटकको विजेताले पाउने रकम केही दिनमा घोषणा हुने बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

प्रदेश सांसद केसीले प्रधानमन्त्री कप आमन्त्रण भलिबल प्रतियोगिता नेपालगञ्जको चिनारीको रुपमा आयोजना हुँदै आएको बताइन् । यस्तै संघका अध्यक्ष ठकुरीले दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रुपमा प्रधानमन्त्री कपलाई स्थापित गराउने लक्ष्य रहेको बताए ।

बाँकेका आठ वटै पालिकाका उपप्रमुखहरुको एक्यबद्धता रहेको प्रतियोगिताको सहसंयोजक नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरलाई चयन गरिएको छ ।

पत्रकार सम्मेलनमा कोहलपुर नगरपालिकाका उपमेयर सन्जु चौधरी, खजुराका उपप्रमुख एकमाया विक, जानकीका भूमिसरा धिताल, राप्तीसोनारीका धनीसरा खत्री, बैजनाथका शारदा रेग्मी विकको उपस्थिति थियो ।

प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे इण्डिया, पाँचौमा एपीएफ र छैटौं पुलिस विजेता भएका थिए । विगतमा जसरी यसपालि पनि भारत र बंगलादेशका क्लबलाई प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading