Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

प्रथम किसान सहकारी जेसिस क्रिकेट कप २०७७ पहिलो खेलमा क्याम्ब्रीजले उज्यालो लाई हरायो

User Photo शुक्रबार, चैत्र १३, २०७७
लम्की कैलाली ।

प्रथम किसान सहकारी जेसिस क्रिकेट कप २०७७
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ व्यवस्थित नगरमा आज समुद्घाटन भएको छ । लम्कीमा लम्की जेसिस मुख्य आयोजक रहेको खेलमा सह – आयोजक लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ ।
प्रथम संस्करणको किसान सहकारी जेसिस क्रिकेट कप प्रतियोगितामा कैलालीको लम्कीचुहा ,बर्दगोरियार टीकापुर नगरपालिका क्षेत्रका १८ वटा विद्यालय सहभागी रहेका छ्न ।

लम्की जेसिजका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका प्रमुख महादेव बजगाई रहनु भएक थियो भने विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघका क्यानका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्द रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर बजगाईले खेलकुद क्षेत्रमा नगर सरकारले सक्ने काम गरेकोले नगर सरकारले सक्ने कुरा खेलकुदको लागि गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल क्रिकेट संघका क्यानका केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले खेलकुद क्षेत्रमा नेपाल सरकारले गर्नु पर्ने जत्ती काम नगरेको गुनासो गर्दै स्थानीय,प्रदेश र केन्द्रिय सरकार मिलेर खेलकुद क्षेत्रको विकाश गर्न सबै लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै लम्की जेसिजका अध्यक्ष घनश्याम डाँगीले खेलको माध्याम बाट यो क्षेत्रमै राष्ट्रिय खेलाडी उत्पादन गर्ने,लम्की क्षेत्रलाई लागुऔषधबाट मुक्त गर्ने,लम्की क्षेत्र लाई क्रिकेटको मुख्य हब बनाउने मुख्य उद्देश्य रहेको बताउनु भयो । डांगीले खेल क्षेत्रको माध्यमबाट विद्यालयहरूको सम्बन्ध समेत सुमधुर बन्न सहयोग गर्ने समेत बताएका थिए ।

क्रिकेट कप प्रतियोगितामा प्रथम हुने टिमले नगद ६१ हजार १ सय २१ट्रफी मेडल प्रमाणपत्र , द्वितीय हुने टीमले ३१ हजार १ सय २१ रुपैयाँ ट्रफी मेडल प्रमाणपत्र,
पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले नगद ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएका छन् ।

कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर चलाउने , नेपाल क्रिकेट संघका सुदुरपश्चिम संयोजक हरि रेग्मी , सुनवस्ती विकास प्रालिका अध्यक्ष तथा वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत , लम्की जेसीजका संस्थापक अध्यक्ष हेमन्त कुमार बस्नेत , लगायत समाजसेवी , खेलप्रमी , बुद्धिजीवी , शिक्षक , विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
आज भएको पहिलो खेलमा क्याम्ब्रीज ईङलिस बोर्डिङ स्कुलले उज्यालो शिक्षा सदन माध्यमिक विद्यालय लाई ७ विकेटले हराएको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.