Naya Media
बिहिबार, असार ११, २०८३
| | June 25, 2026
बिहिबार, असार ११, २०८३

चिसापानी एडभेन्चर रिसोर्टमा संचालित बिच भलिबल सकियो,विजेता घोडाघोडिले १ लाख जित्यो  

User Photo शनिबार, चैत्र १४, २०७७
लम्की,कैलाली ।

कैलालीको चिसापानीमा पितमारीमा रहेको चिसापानी एडभेन्चर रिसोर्टमा जारी बिच भलिबल प्रतियोगिता आज समापन गरिएको छ ।
गत चैत्र १० गते देखि सुरु भएको भलिबल प्रतियोगितामा सुदुरपश्चिम् प्रदेशका १६ वटा स्थानिय तहले सहभागीता जनाएका थिए । सुदुरपश्चिम् प्रदेशमै पहिलो पटक आयोजना गरिएको खेल चिसापानी एडभेन्चर रिसोर्टले आयोजना गरेको हो ।
आज भएको फाईनल खेलमा कंचनपुरको भिमदत्त नगरपालिकालाई हराउदै कैलालीको घोडाघोडी नगरपालिका विजयी भएको छ ।
बिजयी भएपछि प्रतिक्रिया दिदै घोडाघोडी नगरपालिकाका एक खेलाडीले अन्य भलिबल खेलेपनि बिच भलिबल पहिलो चोटि खेल्न पाउदा खुशी ब्याक्त गर्दै बिच भलिबल आयोजना गरेकोमा धन्यवाद दिनु भयो ।
खेलका रेफ्री अर्जुन बहादुर ठकुल्लाले सुदुरपश्चिममा पहिलो चोटि आयोजना भएको बिच भलिबल खेल्न बालुवा आवश्यक पर्ने भएकाले प्रकृतिले नै दिएको उपहारमा भएकाले दुई जनाले त्यो पनि बालुवामा खेल्नु चुनौती भएकाले असली खेल यहि भएको बताउनु भयो ।

नेपाल भलिबल खेलका पुर्व कप्तान भरत शाहले बिच भलिबल संचालन गर्नु भएकोमा धन्यवाद दिदै सरकारले गर्नु पर्ने काम चिसापानी एडभेन्चर रिसोर्टका संचालक तपेन्द्र रावलले गरेको बताउनु भयो ।

नेपाल राष्ट्रिय भलिबलका पुर्व कप्तान भरत शाहले बिच भलिबल संचालन गरेकोमा एडभेन्चर रिसोर्टका संचालक तपेन्द्र रावललाई धन्यवाद दिदै सरकारले गर्नु पर्ने काम एउटा ब्यक्तिले गरेको बताउनु भयो ।
चिसापानी एडभेन्चर रिसोर्टका संचालक तपेन्द्र रावलले बिच भलिबल आयोजना गरेर एक शन्देश दिन खोजेको बताउदै आगामी दिनमा यस्ता खेलकुद आयोजना गर्दै जाने बताउनु भयो । प्रतियोगितामा आदर्श गाउपालिका डोटि तेस्रो भएको छ । प्रतियोगितामा विजेता टिम घोडाघोडी नगरपालिकाले नगद १ लाख १ लाख मेडल प्रमाणपत्र,दोस्रो हुने टिम कंचनपुरको बिमदत्तले ५० हजार नगद,मेडल,प्रमाणपत्र र तेस्रो हुने टिम आदर्श गाउपालिका डोटिले २५ हजार नगद मेडल र प्रमाणपत्र पाएका छ्न ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.