प्रथम किसान जेसिज कप २०७७ को पाचौं दिनको खेलमा पनि ३ वटा खेल सम्पन्न भएका छन । पहिलो खेल आरएमइ, टिकापुर र स्वम्भुनाथ बघौरा बिच प्रतिस्पर्धा भएको थियो ।
टस जितेर ब्याटिङ रोजेको RME ले १५ वभरमा ५ विकेट गुमाएर १३३ रन बनाएको थियो । आरएमइका सतिस चलाउने नट आउट ३९ रन बनाएका थिए । जवाफी ब्याटिङमा स्वम्भुनाथले पुरै १५ ओभरमा ८ विकेट गुमाउँदै ६२ रनमा समेटिए पछि RME ७१ रनले विजयी भयो । यो खेलमा RME का प्रान्जल शाह म्यान अफ द म्याच भए ।
दोस्रो खेल उज्यालो शिक्षा सदन लम्की र दशरथ माध्यामिक विद्यालय साडेपानी बीच भएको थियो टस जितेर दशरथले फिल्डिङ रोजे पछि उज्यालोले ब्याटिङ गरेको थियो ।
उज्यालोले १५ ओभरमा ९ विकेट गुमाउँदै १२९ बनएको थियो ।
जवाफी ब्याटिङमा दशरथले १३ ओभर पूरा १० विकेट गुमाउँदै ९२ रन बनाएको थियो ।
तेस्रो खेल ब्राईट फ्युचर लम्की र नाता एकेडेमी बिच भएको खेलमा नाता विजयी भएको थियो । बिहीवार पनि ३ वटा खेल हुने आयोजकले जानकारी दिएको छ । बिहिबार पहिलो खेल नमुना लम्की र गणेश बाबा टिकापुर,दोस्रो बालबाटिका बौनिया र सन्त निरंकारी टिकापुर र अन्तिम खेल पानसदिप लम्की र पायनियर्स लम्की बिच हुनेछ ।
चैत्र १३ गतेबाट सुरु भएको खेल चैत्र २८ गते सम्म संचालन हुने छ । लम्की जेसिज मुख्य आयोजक रहेको खेलमा सह – आयोजक लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था रहेको छ ।
प्रथम संस्करणको किसान सहकारी जेसिज क्रिकेट कप प्रतियोगितामा कैलालीको लम्कीचुहा नगरपालिका क्षेत्रका स्कुलहरू , बर्दगोरिया गाउँपालिका क्षेत्रका स्कुलहरू, टीकापुर नगरपालिका क्षेत्रका स्कुलहरूबाट १८ वटा विद्यालयबाट १८ वटा टीमको सहभागीता रहको छ ।
