Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

ग्रामीण भेगबाट राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्य : मल्ल

User Photo शनिबार, फाल्गुन २८, २०७८
काठमाण्डौ ।

ग्रासरुट क्रिकेटमा ग्रामिण क्षेत्रमा केही फरक गर्ने उद्देश्यका साथ आफुले क्रिकेटमा नयाँ काम गर्न खोजेको बालबाटिका बिद्या मन्दिरका संस्थापक प्रमोद मल्लले बताए । बिधालय स्तरमा खेलाडिको हौसला बढाउन आफूले बिगत २ बर्ष पहिले सुरुवात गरेको बताए । उनले तेस्रो संस्करण सम्म आई पुग्दा प्रतियोगिताले क्रिकेट तथा खेलाडीमा एक ईट्टा थप्ने काम गरेको उनले बताए ।
यहाँका युवा प्रतिभाले क्रिकेट सिक्ने अवसर पाएका छन । यो उनीहरूका लागि ठूलो अवसर पनि हो ।
क्रिकेटमय बनेको सुदुरपस्चिम प्रदेशकेही वर्षयता केही सुस्ताएको छ। यी ठूला व्यावसायिक क्रिकेट आयोजनाहरू रोकिए पनि युवा क्रिकेटरका लागि सञ्चालित बालबाटिका क्रिकेट प्रतियोगिताले भने निरन्तरता पाइरहेको छ।
वि.सं. २०७६ सालमा पहिलो पटक विद्यालय स्तरीय क्रिकेट बर्दगोरियामा सुरु भयो। त्यति बेला सबैतिर सिनियर स्तरका व्यावसायिक क्रिकेट हुने गर्थे ।
उमेर समूहका क्रिकेट सञ्चालनमा घाटा बेहोर्नुपर्ने भएकाले निजी या अन्य क्षेत्रले पनि त्यसको आयोजना गरेर जोखिम लिन चाहेनन्। यसबीच बर्दगोरियाका एक क्रिकेट प्रेमी प्रमोद मल्लले बिधालय स्तरिय क्रिकेट गर्ने लक्ष्य बनाए।
कैलाली जिल्लाको धनगढी सहरमा ठूलो फ्रेन्चाइज लिगहरू भइरहेको अवस्थामा मल्लको बिधालय स्तरिय आयोजनाले प्रायोजक पाउने सम्भावना नै थिएन, तर, उनले हिम्मत गरे। आफ्नो खर्चमा प्रतियोगिता सुरु गरे । प्रतापपुरका मल्ल बर्दगोरिया गाउपालिकाको बिधालयमा सहायक शिक्षक हुँदै प्रिन्सिपलको रुपमा काम गर्दै उनले आफ्नो बिधालय खोल्ने निर्णय गरे । यहाँ आएपछि उनले २०७० सालमा नवलपुर बालबाटीका बिद्या मन्दिर विद्यालय सञ्चालन गरे। त्यतिबेला कैलालीको धनगढीमा क्रिकेट कल्चर नै बसिसकेको थियो । तर यहाँ टेनिस बलले कहिले काहीँ बिद्यार्थी तथा अन्य उमेर समुहका खेलाडी हरुले क्रिकेट खेल्ने गर्थे ।
यहाँ शिक्षण गर्ने क्रममा उनमा पनि क्रिकेटप्रति लगाव बढ्नु स्वाभाविक नै हो। सोही लगावका कारण विद्यालयस्तरमा राम्रो क्रिकेट आयोजना गर्नुपर्छ भन्ने निर्णयमा उनी पुगे । त्यतिबेला बिधालय स्तरिय क्रिकेट संचालन गर्न निकै चुनौती र समस्या थियो ।
मल्लले ग्रासरुट क्रिकेटलाई अगाडि बढाउनुपर्ने आवश्यकता देखे । शिक्षक र विद्यालय सञ्चालक भएकाले प्रतिभावान् क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्य देखे । सानो उमेरदेखि एक्सपोजर पाउन सके राष्ट्रले राम्रा क्रिकेटर पाउन सक्ने उनको बुझाइ थियो।
यसै प्रतियोगिताबाट उत्पादन भएका खेलाडीले विभिन्न प्रदेश बाट प्रधानमन्त्री कप समेत खेली सकेका छन । केही खेलाडी अहिले पनि यु-१९ राष्ट्रिय टिममा समेत समावेश भएका छन ।
व्यावसायिक प्रतिस्पर्धा भएकाले जुनियर प्रतिभाले कमै अवसर पाएको देखें। त्यसैले उनीहरूका लागि एउटा राम्रो प्रतियोगिता आयोजना गर्ने लक्ष्य बनाएँ।’ त्यहाँबाट उनको यात्रा सुरु भयो। सुरुमा विद्यालयको काम पढाउने हो, खेलाएर बस्ने होइन भन्ने अभिभावकको आलोचना पनि उनले खेप्नुपर्‍यो।
त्यो विद्यालयमा त खेलाउँछ मात्र भन्ने धारणामा पनि बिस्तारै परिवर्तन भएको उनको अनुभव छ। अहिले ती अभिभावक नै आफ्ना सन्तानले खेलेको क्रिकेट हेर्न आउँछन् । बुधबार मात्र उनले तेस्रो संस्करणको आयोजना सम्पन्न गर्दै छन । यश पटक उनले प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट तु -१९ का रुपमा प्रतिनिधित्व गरेका खेलाडीलाई समेत समावेश गराई सफल प्रतियोगिता संचालन गरेका छन । उनले आफ्नो प्रतियोगितामा यस पटक यु -१९ का राष्ट्रिय उपकप्तान लगाएत विभिन्न खेलाडीले खेलेर प्रतियोगितले उचाई लिएको बताए । यस पटक प्रतियोगितालाई फरक गर्दै टि भि च्यानल बाबा टेलिभिजन बाट दर्शक तथा अभिभावकलाई घरमै बसेर हेर्ने अवसर पनि जुराएर प्रत्येक्ष प्रशारणमा जोडेको बताए ।
प्रतियोगितालाई निरन्तरता दिएर उनले युवा प्रतिभालाई एक्सपोजरको अवसर दिलाए । कोरोना महामारिमा समेत आयोजना रोकिएन र उनले स्वास्थ्य मापदण्ड अपनाएर सफलतापूर्वक आयोजना गराए । आफुले प्रथम संस्करण गर्दा घाटा ब्यहोर्नु परेको समेत बताए । उनले भने अहिले चलिरहेको प्रतियोगिता र गत बर्षको प्रतियोगितामा केही कुरा सिक्दै न घाटा न फाईदा भई प्रतियोगिता संचालन गर्न सकिएको बताए ।
बिधालय स्तरको क्रिकेटमा प्रायोजक पाउन निकै कठिन हुने उनको बुझाई छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.