Naya Media
शनिबार, फाल्गुन ९, २०८२
| | February 21, 2026
शनिबार, फाल्गुन ९, २०८२

प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता : बि एस १५ र गौरिगङ्गा बिजयी

User Photo शुक्रबार, मंसिर १५, २०८०
कैलाली ।

प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० मा आज शुक्रबार दुई खेल सम्पन्न भएका छन । प्रतियोगितामा आज भएका दुई खेलमा लम्की चुहाको बि एस १५ टिम र गौरिगङ्गा नगरपालिकाको टिम बिजयी भएका छन ।

प्रतियोगितामा दिउँसो १२ बजे भएको पहिलो खेलमा लम्की चुहा बि एस १५ टिमले घोडाघोडी रातो टिमलाई ३/० गोल अन्तरले पराजित गरेको छ भने दिउँसो २ बजे भएको दोस्रो खेलमा टिकापुर नगरपालिका बि टिमलाई गौरिगङ्गा नगरपालिकाको टिमले २/० गोल अन्तरले पराजित गरेको छ ।

बिहान भएको खेलमा लम्की चुहा बि एस १५ शुशान्त के सि म्यान अफ द म्याच बन्न सफल भए । उनले प्रतियोगितामा २० गोल गरे । यसै गरि दिउँसो भएको खेलमा गौरिगङ्गाका पुरन भुल म्यान अफ द म्याच बन्न सफल भए ।

प्रतियोगितामा सनिवार ३ खेल हुने भएका छन । सनिवार बिहान १० बजे घोडाघोडी नगरपालिका निलोका विरुद्ध लम्की चुहा राजिपुर , दिउँसो १२ बजे धनगढी उपमहानगरपालिकाका विरुद्ध कैलारी गाउँपालिका र दिउँसो २ बजे बर्दगोरिया ए का बिरुद्ध भजनी नगरपालिका बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।

पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।

यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।

# खेलकुद # सुदुरपश्चिम

Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.