अमेरिकामा बस्दै आएका सुनिल खालिङले लम्की बिएस १५ फुटबल क्लब लाई २० जोडा जर्सी उपलब्ध गराएका छ्न ।
अमेरिकाको पेन्सिलभेनिया राज्यको इरिमा SUNIMA HOOKAH LOUNGE & CAFE संचालन गरेका खालिङले खेलाडीका लागि जर्सी सहयोग गरेका हुन ।
खेल र खेलाडी लाई माया गर्ने खालिङले जर्सी पठाए पछि क्लबका खेलाडी खुशी भएका छ्न । लम्कीचुहाको BS 15 क्लबले पछिल्लो समय फुटबलमा निकै राम्रो गरि रहेको छ । जिल्लामा हुने विभिन्न प्रतियोगितामा सहभागीता जनाएर उत्कृष्ट प्रदर्सन गरि रहेको छ । जर्सी सहयोग गर्ने खालिङ लाई क्लबका म्यानेजर र खेलाडीले धन्यवाद दिएका छ्न ।


