अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एसेज सिरिजमा लगातार तेस्रो जित हासिल गरेको छ ।आइतबार बिहान तेस्रो टेस्टको पाँचौ दिन अस्ट्रेलियाले इङल्याण्डलाई ८२ रनले पराजित गरेको हो ।
अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पछाएको इङल्याण्ड ३५२ रन बनाएर अलआउट भएको थियो ।यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३७१ र दोस्रो इनिंगमा ३४९ रन बनाएको थियो । त्यस्तै इङल्याण्डले पहिलो इनिंगमा २८६ रन बनाएको थियो ।
यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज ३-० ले जितेर सिरिज आफ्नो नाममा गरेको छ । अब सिरिजको चौथो खेल डिसेम्बर २६ मा मेलबर्नमा हुने छ । यस टेस्टलाई बक्सिङ डे टेस्ट पनि भनिन्छ ।
