Naya Media
मङ्लबार, बैशाख १५, २०८३
| | April 27, 2026
मङ्लबार, बैशाख १५, २०८३

एयरपोर्टको इन्टरनेट सर्वर एक्कासि डाउन भएपछि…

केही घण्टाभित्रै सर्बर मर्मत हुने आश्वासन

User Photo मङ्लबार, बैशाख ३१, २०७६
काठमाण्डाै ।

भारतको कोलकातास्थित सुभासचन्द्र बोस अन्तर्राष्टिय विमानस्थलको सोमबार एक्कासि इन्टरनेट सर्बर डाउन भएपछि २५ भन्दा बढी विमानहरुको उडान प्रभावित भएको छ । विमानस्थल कन्ट्रोल रुमदेखि प्रशासनिक कक्षमा समेत इन्टरनेट सर्बर डाउन भएपछि २५ वटाभन्दा बढी विमानको उडान प्रभावित भएको हो ।

त्यति धेरै विमानको उडान प्रभावित भएपछि यात्रुहरु समस्यामा परेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । इन्टरनेटमा यस्तो खराबी देखिएपछि फ्लाइट इन्फरमेशन डिस्प्ले सिस्टमले समेत काम नगरेको विमानस्थलले जनाएको छ । साँझ ५ः ३० बाट सुरु भएको यो समस्याका कारण यात्रुहरुको विमानस्थलमा भीड लागेको छ ।

विमानस्थल अधिकारीहरुका अनुसार सर्वर मर्मतका लागि आइटी टिम जुटिरहेको र केही घण्टाभित्रै सर्बर मर्मत हुने आश्वासन दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएको छन् ।एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.