Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

गुगल नक्साले पत्ता लगायो डुबेको कारभित्र मानिसको अवशेष

User Photo शुक्रबार, भदौ २७, २०७६
काठमाण्डाै ।

गुगल नक्साले फ्लोरिडामा डुबेको कारभित्र दुई दशकअघि हराएको मानिसको अवशेष फेला पारेको छ । फ्लोरिडाको लन्टनाबाट सन् १९९७ को नोभेम्बर ७ तारिखदेखि विलियम मोल्ड हराएका थिए । उनी ४० वर्षका हुँदा रात्री क्लबाट घर फर्कन सकेका थिएनन् । प्रहरीले हराएका व्यक्तिको अनुसन्धान शुरु गरेको थियो तर नतिजा हात लागेको थिएन ।

यसवर्षको अगष्ट २८ मा २२ वर्षपछि वेयलिंटन, मुन बे सर्कलको पोखरीमा कार फेला परेको भन्दै प्रहरीलाई बोलाइएको थियो । कारलाई पानीबाट बाहिर निकालिएपछि त्यसभित्र अस्थिपञ्चरका अवशेष फेला परेका थिए । एक सातापछि उक्त अवशेष मोल्डकै थियो भन्ने थाहा भएको थियो । प्रहरीका अनुसार पहिलेको बस्ती क्षेत्रमा मोल्डको कार डुबेको गुगल सर्चले संकेत गरेको थियो ।

त्यसपछि मुन बे सर्कलको हालको बस्तीका एक व्यक्तिसँग त्यस विषयमा सम्पर्क गरिएको थियो । ती व्यक्तिले आफ्नो ड्रोनको प्रयोग गरेर कार देखिएको निश्चित गरेका थिए र उनले त्यसको खबर प्रहरीलाई दिएका थिए ।

अमेरिकामा थाँती रहेका मुद्दाका बारेमा एक अनलाइन डेटावेस परियोजना ‘द चाली प्रजेक्ट’ले भनेको छ, ‘सन् २००७ देखि त्यस क्षेत्रको गुगल अर्थ सेटेलाइट तस्बिर देखिएको थियो तर सन् २०१९ सम्म कसैले पनि त्यसको जानकारी पाएका थिएन् ।’

प्लाम बीच कन्ट्रि शेरिफ अफिसले मोल्डले आफ्नो कार नियन्त्रण गर्न नसकेर पोखरीमा परेको अनुमान गरिएको बिबिसीलाई बताएको छ । प्रहरीले सुरुमा बेपत्ता विषयमा अनुसन्धान गरेको थियो तर पानीमा कार नदेखुनजेलसम्म त्यहाँ कुनै प्रमाण फेला परेको थिएन । ‘धेरै वर्ष पहिले के भएको थियो भन्न सक्ने अवस्था छैन, प्रहरी प्रवक्ता थेरेसे बर्बेराले भनेकी छिन्, ‘हामी सबैलाई थाहा ऊ हराईएको थियो र अहिले पत्ता लागेको छ ।’ एक छिमेकीले कार डुबेको जानकारी दिएको र गुगल म्याप प्रयोग भएको बारेमा थाहा नभएको बर्बेराले बताइन् ।

बेपत्ता हुने राती ११ बजेदेखि बिहान ३ बजेको समयमा मोल्डले क्लब छोडेको नेसनल मिसिङ एन्ड अनआइडेन्टीफाइड पर्सन सिस्टमले बताएको छ । यस संस्थाका अनुसार मोल्ड समाजमा पर्याप्त घुलमिल हुन सक्दैनथे । उनी नसामा देखिएका थिनन् र एक्लै आफ्नो कारमा निस्किएका थिए ।

प्रतिवेदनअनुसार उनी निरन्तर रक्सी सेवन गर्दैनथे तर उनी बारमै गएर रक्सी खान्थे । मोल्डलाई आफ्नो प्रेमीकाले घर आउन भनेकी थिइन तर त्यसपछि उनी कहिल्यै देखिएनन र उनको बारेमा केही सुनिएन । मोल्डको परिवारलाई उनको अवशेष पत्ता लागेको बारेमा जानकारी गराईएको छ । photo-BBC/google maps एजेन्सी


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.