Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

अश्लीलता र अपमानजनक शब्द राेक्न ट्विटरमा नयाँ फिचर सुरू

User Photo बिहिबार, बैशाख २५, २०७७
काठमाण्डाै ।

ट्विटरले अश्लीलता राेक्न नयाँ फिचर सुरू गरेकाेछ । कम्पनीले नयाँ फिचरमाथि परीक्षण भइरहेको बताएको छ । कम्पनीले आईओएस प्लेटफर्म प्रयोगकर्ताको ट्वीटर रेस्पोन्समा उक्त फिचर परीक्षण गरेको हो ।

उक्त फिचर मार्फत प्रयाेगकर्ताले लेखेका अश्लील शब्दहरू पाेष्ट गर्नु भन्दा अघि ट्वीटरले यस्ता कुरा पठाउने कि नपठाउने भनी पुनर्विचार गर्न आग्रह गर्नेछ ।

गत जनवरीमा ट्वीटरका हेड अफ प्रडक्ट केभिन बैकपौरले क्यू एण्ड एमा कम्पनीले आफ्नो प्लेटफर्ममा आउने हानिकारक सामाग्रीहरुको छाँटकाँट गर्न लर्निङ मेसिनको प्रयोग गर्ने बताएका थिए ।

तर कसका लागि कुन कुरा अपमानजनक हुने भन्ने तय गर्न एकदमै चुनौतिपुर्ण काम हुने उनी बताउँछन् । उनका अनुसार मानिसहरुले के कुरालाई अपमानजनक ठान्छन्, त्यो कुरा थाहा पाउन निकै कठीन काम हो ।

किनभने जुन कुरा उनीहरुले अपमानजनक ठान्छन्, त्यो कुरा कम्पनीको नीति अनुसार अपमानजनक नहुन सक्छ । यस्ता अवधारणामा काम गर्ने ट्वीटर एक्लो कम्पनी होइन । किनभने गत वर्ष इन्स्टाग्रामले पनि कुनै अश्लील शब्दहरु आफ्नो प्लेटफर्ममा प्रयोग गर्नु अघि दुई पटकसम्म भेरिफिकेसनका लागि सोध्ने गरेको थियो ।

हालसम्म ट्वीटरसँग के कुरालाई हानिकारक मान्ने भन्ने कुनै स्पष्ट नीति भने छैन । कम्पनीसँग हेट स्पीच पोलिसी रहेको छ, जसले हानिकारक तस्विर र हिंसात्मक धम्की जस्ता व्यापक विषयहरुलाई सम्बोधन गर्छ ।

तर ट्वीटरको एआई प्रविधि कत्तिको शक्तिशाली छ, जसले नियतवश परिवर्तन गरिएका शब्दका स्पेलिङ तथा अन्य टाइपिङ गल्तीहरुलाई डिटेक्ट गर्नसक्छ भन्ने कुरा स्पष्ट छैन । यदि ट्वीटरले यस्ता चतुर्‍याईलाई डिटेक्ट गर्न सकेपनि उसले अर्को भाषिक क्षेत्रमा पनि आफूलाई अपडेट गर्नुपर्ने देखिन्छ ।

विश्वभर विभिन्न इन्टरनेट स्ल्याङ वर्डहरुको प्रचलन छ । जुन संस्कृति र परिवेश अनुसार फरक छन् । जसले सकरात्मक र नकरात्मक दुवै अर्थ बोक्छन् । समयसँगै यस्ता नयाँ स्ल्याङ वर्डहरु उत्पत्ति भइरहन्छन् ।

यस्तो अवस्थामा ट्वीटरले यस्ता ट्रेण्ड र शब्दहरुसँग अपडेटेड हुनुपर्ने आवश्यकता देखिन्छ । अन्यथा यसले इन्टरनेटमा प्रयोग हुने असीमित नयाँ शब्दहरुलाई डिटेक्ट गर्न सक्ने छैन ।

सोसल मिडिया प्लेटफर्ममा प्रतिक्रियाको रुपमा अश्लील तथा अपमानजनक शब्द प्रयोग हुने क्रमलाई रोक्नु सामाजिक सञ्जालका लागि अहिले ठूलो चुनौतीको विषय बनेको छ । किनभने यस्ता प्लेटफर्महरु वृहत सांस्कृतिक तथा भाषिक समुदायमाझ प्रयोग भइरहेका छन् ।

ट्वीटरको यो नयाँ प्रयोग तब मात्र सफल हुनेछ, जब उसले त्यस्ता केही अपमानजनक शब्दहरुलाई निषेध गरेर अभिव्यक्ती स्वतन्त्रतालाई कायम राख्न सक्छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.