भोजपुरमा एक महिनादेखि उडान अवरुद्ध, बिरामी अलपत्र

सोमवार, भदौ २५, २०७५, । 

भोजपुरमा एक महिना अघिदेखि हवाई सेवा अवरुद्ध हुँदा बिरामी मारमा परेका छन् ।

लामो समयदेखि हवाई उडान नहुँदा जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र सिफारिस गरिएका बिरामीलाई लैजान समस्या परेको छ ।

आकस्मिक कामका तत्काल राजधानी पुग्न र वृद्धवृद्धा तथा असक्तलाई पनि ओहोर–दोहोर गर्न समस्या हुँदै आएको छ । ‘हवाई सेवा बन्द हुँदा अन्यत्र पठाइनुपर्ने बिरामीलाई समस्या छ, बाटोको अवस्था राम्रो छैन’, जिल्ला अस्पताल भोजपुर चिकित्सक शिवजी रिजालले बताउनुभयो ।

लामो समयदेखि उडान हुन नसस्दा कतिपय बिरामीले महंगो मूल्य तिरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका छन् भने आर्थिक अवस्था कमजोर भएकाले भने अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ । जिल्ला अस्पताल भोजपुरले महिनामा ११ देखि १२ जना बिरामी अन्यत्र पठाउने गरेको अस्पतालले जनाएको छ ।

उडान भर्दैै आएको ट्वीनओटर विमान मर्मत भइरहेकाले उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुर शाखाले जनाएको छ । निगमको केन्द्रीय कार्यालयले जहाज मर्मत भइरहेकाले अझै करिब दुई हप्तासम्म जिल्लामा उडान नहुने जानकारी दिएको विमानस्थलका ट्राफिक कन्ट्रोलर विजय श्रेष्ठले जानकारी बताउनुभयो ।

निगमले यसअघि आइतबार र सोमबार बाहेक भोजपुर–काठमाडौँ– पाँच पटक र विराटनगर–भोजपुर हप्तामा एक पटक उडान भर्दै आएको थियो । जिल्लाको एक मात्र टक्सार विमानस्थलमा गत साउन १९ गतेबाट उडान बन्द भएको हो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमवार, भदौ २५, २०७५ (September 10, 2018, 2:44 pm) मा द्वारा जनजीविका अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै