Naya Media
आइतवार, असार ८, २०८२
| | June 22, 2025
आइतवार, असार ८, २०८२
Advertisement

अनुसन्धान कमजोर भए अभियोजन पनि कमजोर हुन्छ : महान्यायाधिवक्ता खरेल

User Photo
शुक्रबार, साउन १८, २०७५

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरुलाई निर्देशन दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित सरकारी वकिलहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दे महान्यायाधिवक्ता खरेलले अनुसन्धान अधिकृत संगको सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए । अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुने भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिए ।


advertisement

अभियोजन प्रभावकारी र परिणाममुखी बनाउनका लागि अनुसन्धान अधिकृत संगको सम्बन्ध मजबुत बनाउनुपर्ने विषयलाई सधै प्राथमिकतामा राख्न पनि उनले सुझाएका छन् ।

नयाँ ऐन कार्यान्वयनका लागि न्यायालय, प्रहरी तथा सम्बन्धीत सबै निकायले आवश्यक सबै तयारी गरिरहेको उल्लेख गर्दे उनले सम्बन्धित निकायबीच समन्वयकारी भुमिका निर्वाहमा उचित ध्यान दिन सरकारी वकिलहरुलाई निर्देशन दिए ।

महान्यायाधिवक्ताको कार्यालयको सिमाभित्र रहेर नयाँ कानुनबारे जानकारीमुलुक कार्याक्रम संचालन गरिने पनि खरेलको भनाई छ । उनले नया र पुराना प्रावधानका बारेमा तुलनात्मक अध्ययन तथा विश्लेषण गर्दे नया ऐनबारे सरकारी वकिलहरुको एउटै अवधारणा तयार पार्नुपर्ने भएकाले महान्यायाधिवक्ताको कार्यालयले कार्यशाला गरेको बताए ।

महान्यायाधिवक्ता खरेलले विगतका कतिपय अभ्यासले नया ऐन कार्यान्वयनका चरणमा साथ नदिने भएकाले आउन सक्ने समस्या समाधानका लागि महान्यायाधिवक्ताको कार्यालयमा सम्पर्क व्यक्ति सहितको भिन्न डेक्स स्थापना गरिने र त्यसले समस्याका बारेमा छलफल गरि निक्र्योलमा पुग्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार सरकारी वकीलहरुका लागि मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्यन) ऐन २०७४ का बारेमा कार्यशाला आयोजना गरेको हो ।

भदौ १ गते देखि लागु हुन गईरहेका नयाँ कानुनमा रहेका विषयगत भिन्नताका बारेमा जानकारी दिने उद्देश्यले यो कार्याशाला गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.