काठमाडौं ।देशभरको मौसम सोमबार बिहानैदेखि बदली भएको छ । सोमबारदेखि बुधबारसम्म तीन दिन देशका विभिन्न भागमा सामान्यदेखि भिषण बर्षा हुने भएको छ । मौसममा आएको बदलीसँगै देशका ठुला नदी तथा खोलाहरुमा पानीको बहाव बढ्नुका साथै जलसतह बढेको छ ।
सोमबार बिहान पश्चिम राप्ती नदी कुशुमको वर्षा मापन गर्दा ६ घण्टामा ११० मिलिमिटर पानी परेको छ । कुशुम र तल्लो तटीय क्षेत्रमा वर्षा हुने क्रम जारी रहेका त्यस क्षेत्रमा सतर्कता अपनाउन जलतथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
त्यस्तै सप्तकोशीको चतारामा पनि कोसीको जलसतह खतराको विन्दुमा पुगेको छ । सोमबार विहान १० बजेको मापनमा त्याहा ७ः०० एमएम छ । सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । त्यस्तै अरुण नदीमा पनि पानीको बहाव बढ्दो क्रममा रहेको छ । जुलाई र अगस्त महिना मौसम सक्रिय हुने भएकाले यो अवधिमा देशभरको मौसम पूर्ण बदली रहने र देशका धेरैजसो स्थानहरूमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो पूर्व र मध्यका थोरै स्थानमा तथा पश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने देखिन्छ । त्यस्तै राति पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका एक दुई स्थानमा भारी वर्षा हुनेछ ।
त्यस्तै मंगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने र पश्चिमी क्षेत्रमा भारि वर्षा हुने पूर्वानुमान शाखाको अनुमान छ । सोमबार बिहानसम्मको रेकर्ड अनुसार सबैभन्दा बढी ओखलढुङ्गामा ८७ मिलिमिटर वर्षा भएको छ ।
श्रावण ३० गते (बुधवार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।
मौसमविद राजु प्रधाननाङगका अनुसार जुलाई र अगस्त महिना मनसुन सक्रिय हुने समय भएकाले गत दुई साता देखि नै वर्षा भइ्ररहेको छ । नेपालमा पुर्वी वायु सक्रिय भएपछि वर्षा हुने गर्छ । पूर्वी वायुले वंगालको खाडीबाट जलवास्प लिएर आउने भएकाले मौसम बदली भइ पानी पर्ने गरेको मौसमविद प्रधानाङले बताए ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द