वीरगञ्ज : हतियारसहित प्रहरीले आज एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेको छ । भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताउनुभयो ।
यसैगरी प्रहरीले आजै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ । पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द