Naya Media
बुधबार, फाल्गुन ६, २०८२
| | February 18, 2026
बुधबार, फाल्गुन ६, २०८२

नेपालको दोस्रो जीत, सिङ्गापुर चार विकेटले पराजित

User Photo आइतवार, भदौ १७, २०७५

काठमाडौँ । एशिया कप छनौट अन्तरगत नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

जीतका लागि १ सय ५२ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र २८.१ ओभरमा ६ विकेट गुमाएर पछ्यायो ।

नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए ।

दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए ।

सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुर मात्र ४२ ओभरमा १ सय १५१ रनमा सिमित बनेको थियो ।

नेपालका बलरहरुको उत्कृष्ट बलिङ अगाडि सिङ्गापुरका ब्याट्सम्यान निरिह देखिए ।

सिङ्गापुरका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।

त्यसपछि कप्तान चेतन रामचन्द्र सूर्यवंशी तथा अनिश एडवार्ड पारामले सिङ्गापुरको पारीलाई सम्हाल्ने प्रयास गरे ।

सूर्यवंशीले सर्वाधिक ६० तथा पारामले ३१ रनको योगदान दिए । सूर्यवंशीले ८८ बलमा ८ चौका र १ छक्का हिर्काए ।

खेलको अन्त्यतिर कार्तिकेन सुब्रमनियनले २० रन बनाए ।

तर, ललित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिएपछि सिङ्गापुरको पारी धर्मरायो ।

सोमपालले २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए ।

यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा युएईसँग नेपाल पराजित भइसकेको छ ।

शनिबार मलेसियाबिरुद्ध नेपालले पहिलो जित हासिल गरेको थियो ।

अब नेपालले हङकङसँग १९ गते खेल्नेछ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.