Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

नेपालको दोस्रो जीत, सिङ्गापुर चार विकेटले पराजित

User Photo
आइतवार, भदौ १७, २०७५

काठमाडौँ । एशिया कप छनौट अन्तरगत नेपालले सिङ्गापुरलाई चार विकेटले पराजित गरेको छ ।

जीतका लागि १ सय ५२ रनको लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र २८.१ ओभरमा ६ विकेट गुमाएर पछ्यायो ।


advertisement

नेपालका लागि ओपनर अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाए । यसक्रममा उनले ५ चौका र २ छक्का हिर्काए ।

दीपेन्द्र सिंह ऐरीले ३ चौका र एक छक्कासहित ३३ रन बनाए भने ज्ञानेन्द्र मल्लले २ छक्का र १ चौकासहित २९ रन बनाए ।

सागर पुन र सुवास खकुरेलले समान १४ रन बनाए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ रोजेको सिंगापुर मात्र ४२ ओभरमा १ सय १५१ रनमा सिमित बनेको थियो ।

नेपालका बलरहरुको उत्कृष्ट बलिङ अगाडि सिङ्गापुरका ब्याट्सम्यान निरिह देखिए ।

सिङ्गापुरका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन पनि जोड्न सकेनन् ।

सिङ्गापुरको शुरुवात राम्रो हुन सकेन । दुवै ओपनरलाई सोमपाल कामीले चौथो ओभरभित्र पभेलियन फर्काए ।

त्यसपछि कप्तान चेतन रामचन्द्र सूर्यवंशी तथा अनिश एडवार्ड पारामले सिङ्गापुरको पारीलाई सम्हाल्ने प्रयास गरे ।

सूर्यवंशीले सर्वाधिक ६० तथा पारामले ३१ रनको योगदान दिए । सूर्यवंशीले ८८ बलमा ८ चौका र १ छक्का हिर्काए ।

खेलको अन्त्यतिर कार्तिकेन सुब्रमनियनले २० रन बनाए ।

तर, ललित राजवंशी र सन्दीप लामिछानेले ३–३ विकेट लिएपछि सिङ्गापुरको पारी धर्मरायो ।

सोमपालले २ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए ।

यही भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा युएईसँग नेपाल पराजित भइसकेको छ ।

शनिबार मलेसियाबिरुद्ध नेपालले पहिलो जित हासिल गरेको थियो ।

अब नेपालले हङकङसँग १९ गते खेल्नेछ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.