Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

स्वयम्भू र पशुपतिका बाँदरमा क्याम्पिलो ब्याक्टेरिया, मानिसमा सरे क्यान्सरको खतरा

User Photo आइतवार, भदौ २४, २०७५

काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने बताउँछन् ।

‘तीन महिना लगाएर गरेको अनुसन्धानमा पाइएको क्याम्पिलो व्याक्टेरिया अर्थात् झाडापखाला गराउने जीवाणु मानिसहरुमा पनि सजिलै सर्न सक्ने भएकाले सो क्षेत्र वरपरका मासिनहरु बढी जोखिममा छन्,’ अनुसन्धानमा संलग्न सीएमडीएनकी  विष्टले भनिन् ।

स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले बाँदरको दिसाको नमूना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणको क्रममा अनुसन्धानका क्रममा क्याम्पिलो ब्याक्टेरीया फेला परेको हो ।

बाँदरमा क्याम्पिलो ब्याक्टेरिया देखिनु जनस्वास्थ्यको हिसावले मानिसहरुलाई सचेत बन्ने अवसर हो
विष्टका अनुसार सीएमडीएनले १ सय ११ नमूना परीक्षण गरेकोमा ६३ वटामा क्याम्पिलो ब्याक्टेरिया पोजेटिभ देखिएको थियो ।

मानिसमा यो ब्याक्टेरियाले सामान्य झाडापखाला गराउनेदेखि अल्सर, ग्याष्ट्रिक र आन्द्राको क्यान्सरसम्म गराउने विष्ट बताउँछिन् ।

तर मानिसमा झाडापखाला लागिहालेमा क्याम्पिलाको संक्रमण छ कि छैन भनेर परीक्षण गरिँदैन । त्यसैले विष्ट भन्छिन्, ‘बाँदरसँग सम्पर्कमा आएका वा बाँदर पाइने क्षेत्र वरपर रहेका कुनै व्यक्तिमा झाडापखाला, अल्सर जस्ता समस्या भए क्याम्पिलो ब्याक्टेरियाको संक्रमण छ कि छैन भनेर जाँच गराउँदा राम्रो हुन्छ ।’

पशुपति र स्वयम्भुमा पाइने बाँदरका प्रजाती र मानिसमा लाग्ने कतिपय रोगको प्रकृति मिल्दाजुल्दा हुन्छन् । त्यसैले सो क्षेत्रका बाँदरमा क्याम्पिलो ब्याक्टेरिया देखिनु जनस्वास्थ्यको हिसावले मानिसहरुलाई सचेत बन्ने अवसर हो ।

अनुसन्धानकर्ताले बाँदरमा कहाँबाट क्याम्पिलो ब्याक्टेरिया सर्‍याे भन्ने खोजीको बिषय भएको बताए । विशेषत बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई क्याम्पिलो व्याक्टेरिया नामक जीवाणुले आक्रमण गर्दछ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार विश्वमा झाडापखाला गराउने गम्भीर प्रकारका चार ब्याक्टेरियामध्ये क्याम्पिलो पनि एक हो । यो जनावरबाट मान्छेमा सर्ने जीवाणुहरुमध्येमा पर्छ । विशेष गरी कुखुरा, गाई, भैंसी, सुँगुरहरुमा पाइने यो जीवाणु कुकुर र बिरालोमा पनि व्यापक मात्रामा देखिन्छ । क्याम्पिलो ब्याक्टेरिया वातावरण, पानी र खानेकुराका माध्यमबाट सहजै मानिसमा सर्न सक्छ ।

पशुपति र स्वयम्भूका बाँदरहरु मानिसको नजिक आउने, खानेकुरा खोसेर खाने, मानिसहरु पनि बाँदर नजिकै गएर जिस्किने गर्दछन् । त्यतिमात्रै होइन, बाँदरले दिसा गरेको स्थानमा कुकुर, बिरालो, कुखुरा लगायतले छुन सक्छन् । जसले गर्दा यी जनावरहरु पनि संक्रमित हुन्छन् र यी जनावरहरुको सम्पर्कमा आउने मानिस पनि जोखिममा पर्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार क्याम्पिलो ब्याक्टेरियाको परीक्षण नेपालमा गरिँदैन । झाडापखालाको कुनै बिरामी उपचारका लागि आएमा नेपालमा कलेरा, साल्मोनेला र सिकेला मात्रै परीक्षण गरिन्छ ।

डा. पुनले भने, ‘हामीकहाँ झाडापखाला लागेर आएका बिरामीलाई अनिवार्य क्याम्पिलो ब्याक्टेरीयाको परीक्षण गर्नुपर्ने हो तर, नेपालमा त्यस्तो परीक्षण हुँदैन, यो दुर्भाग्य हो ।’

यसबाट जोगिन आफू वरपरको सरसफाइमा ध्यान दिने, राम्रोसँग पाकेको मासुमात्रै खाने, शुद्ध पानी पिउने र आफू वरपर भएका जनावरहरुको स्वास्थ्य स्थितिबारे सचेत हुनुपर्ने चिकित्सक बताउँछन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.