दशैँ-तिहारको समयमा अधिकांश नेपालीहरू विभिन्न सामान जस्तै लुगा, भाँडा, खसी-बोका, मसला, इत्यादि किनमेल गर्ने गर्छन्। यी समयमा तपाईँको एटिएम बिग्रिएर चेकको माध्यमले पैसा झिक्न वा अन्य कुनै कारणले बैङ्क जानुपर्ने हुनसक्छ। तर दशैँ-तिहारको कारणले गर्दा बैङ्क बन्द पनि हुनसक्छ। यो परिस्थितिबाट बच्न तपाईँले कुन कुन दिन बैङ्क बन्द हुन्छ भन्ने कुरा जान्नपर्ने हुन्छ। यो लेखमा हामी दशैँ-तिहारका समयमा कुन-कुन दिन बैङ्क तथा वित्तीय बिदा हुन्छ भन्ने बारेमा जानकारी दिनेछौँ।
दशैँमा कति दिन बैङ्क बिदा हुन्छ?
यसपालि दशैँमा ५ दिन बिदा हुन्छ। यो बिदा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म बैङ्क खुल्दैनन्।
गत वर्ष बिदा भए पनि यो वर्ष घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा भने बिदा हुने छैन। एकादशीको भोलिपल्ट कात्तिक ४ गतेदेखि नियमित रूपमा बैंकहरु खुल्नेछन्।
तिहारमा कुन-कुन दिनमा बैङ्क बन्द हुन्छ?
तिहारमा कार्तिक २१ गतेदेखि २३ गतेसम्म लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटिका गरी ३ दिन बैंकहरु बन्द हुनेछन्।
नेपाल राजपत्र अनुसार दशैँ-तिहारको बिदा:
नोट : यो लेख नेपाल सरकारको २०७५ को सरकारी बिदा सम्बन्धी नेपाल राजपत्र अतिरिक्तंग ४७ मा भएको जानकारीका आधारमा तयार पारिएको हो।
वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिकंबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।